अमेरिकी दूतावासद्वारा सबै भिसा रद्द

२०७६ चैत्र ३ गते, सोमबार


काठमाडौं, ३ फागुन । अमेरिकी दूतावासले चैत ४ गते (मंगलबार) देखि लागू गरि कोरोना भाइरस (कोभिड-१९) का कारण डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’
दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ । यसका साथै, अति जरुरी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु