अमेरिकी कुटनीतिकहरूको उद्धार गरियो

२०७१ श्रावण ११ गते, आईतवार


काठमाडौं । त्रिपोलीमा सरकारी सैनिक र सशस्त्र विद्रोहीबीच भएको भयानक द्वन्द्वकाबीच अमेरिकाले त्रिपोलीस्थित आफ्ना कुटनीतिक कर्मचारीहरूलाई कडा सुरक्षा प्रदान गरी छिमेकी मुलुक ट्युनिसियातर्फ लगेको छ ।
लिवियाली सञ्चार माध्यमहरूले जनाए अनुसार करिब १५० जना अमेरिकी कुटनीतिक कर्मचारीहरूलाई एक विशेष विमानमा राखी अघिपछि तीनवटा एफ– १६ युद्धक विमानले आकासमा र ओस्प्रे युद्धक विमान बोकेका पानी जहाजले समुद्रबाट समेत सुरक्षा दिई त्रिपोलीदेखि ट्युनिसियाको राजधानी ट्युनिससम्मको पाँच घन्टा लामो यात्रा गर्नुपरेको थियो ।
यस लामो यात्राको अवधि भरी कुनै पनि घटना नभएको समेत जनाइएको छ । ‘सरकारी सेना र सशस्त्र विद्रोहीबीच चलिरहेको सङ्घर्षले अमेरिकी राजदूतावास र त्यहाँ कार्यरत कर्मचारी खतरामा पर्न सक्ने भएकाले ती कर्मचारीलाई अस्थाई रुपमा लिबियाबाहिर लगिएको हो ।’ अमेरिकी प्रवक्ता मेरी हार्फले बताउन भएको छ ।
ती कर्मचारीहरूले ट्युनिस, वासिङ्टन र उत्तरी अफ्रिकाको जुनसुकै स्थानमा बसेता पनि लिबियाली मामला सुल्टाउन र लिबियामा शान्ति कायम गराउन निरन्तर लागि पर्ने छन् हार्फले थप जानकारी दिनु भएको छ ।
गत १३ जुलाईदेखि सरकारी सेना र इस्लामिक सशस्त्र विद्रोहीबीच अमेरिकी राजदूतावास परिसर नजिकै रकेट तथा जमिनमा हान्ने क्षेप्यास्त्र हानाहान भई दक्षिण त्रिपोलीमा भयानाक युद्ध चलिरहेको छ । – सिन्ह्वा

प्रतिक्रियाहरु