अमेरिकी अदालतद्वारा पाकिस्तानी नागरिकलाई ४० वर्षको सजायँ

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौं, ९ मंसिर । अमेरिकी उच्च अदालतले आतंकवादमा संलग्न रहेको ठहर गर्दै एक पाकिस्तानी नागरिकलाई ४० वर्षको जेल सजायँ तोकेको छ ।
आतंकवादी संगठन अल कायदामा आवद्ध रही अमेरिका र युरोपमा विस्फोटका घटनाका योजनामा संलग्न भएको ठहर गर्दै अदालतले आबिद नासिरलाई ४० बर्षको जेल सजायँ तोकेको हो ।
सन् २००९ मा बेलायतको म्यानचेस्टर सीटीको सपिङ मलमा बिस्फोट गर्ने योजनाका साथ पुगेका आविद पक्राउ परेका थिए । उनलाई सन् २०१३ मा बेलायतले अमेरिकी कारागारमा पठाएको थियो । पक्राउ परेका आबिदले बयानमा क्रममा आफूमाथिको अभियोग स्वीकारेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु