अमेरिकी अखडामा इरानले गरेको आक्रमणको भिडियो सार्वजनिक

२०७६ माघ १ गते, बुधबार

काठमाडौं, १ माघ । इरानद्वारा इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपमा निकै क्षति भएको भिडियो सार्वजनिक भएको छ । गत बुधबार भएको आक्रमणका क्रममा अमेरिकी सेना बंकरमा छिरेकोले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । आक्रमण अमेरिकी अखडा अल असदमा भएको थियो ।
बीबीसीका अनुसार अमेरिकी सुरक्षा निकायले अखडाभित्र भएको क्षतिको भिडियो खिचिएको र क्षति हेर्दा पहिला अमेरिकी अधिकारीले भने भन्दा पनि बढी देखिएको देखिएको छ । आक्रमण भएपछि अमेरिकाले भने कुनै पनि क्षति नभएको बताएको थियो । साथै, ट्रम्पले आक्रमणमा कुनै पनि अमेरिकी सैनिक नमारिएको दावी गरेका थिए ।

प्रतिक्रियाहरु