अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने

२०७४ चैत्र ७ गते, बुधबार

काठमाडौं, ७ चैत । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् । उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन्. । सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् ।
यद्यपि, दुबै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट्याएका छन् । गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिकको आयोजना र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनले गरेको निमन्त्रणा स्वीकारेका छन् । अमेरिकासँगको सम्बन्ध सुधार्नका लागि उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने निर्णय गरेका अनुमान गरिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु