अमेरिकाले चिनिया सामानमाथि १५ प्रतिशत थप भन्सार बढाउने

२०७६ भाद्र १४ गते, शनिबार

काठमाडाैँ, १४ भदाै । चीनसँगको व्यापार युद्ध चर्किंदै जाँदा अमेरिकाले थप चिनियाँ सामानमाथि भन्सार बढाउने भएको छ । अमेरिकाले दोस्रो चरणमा अर्बौ अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १५ प्रतिशत भन्सार थप गर्न लागेको हो । चीनले अमेरिकी प्रतिशोध बढी भएको बताएको छ । दुवै पक्षबीच व्यापार वार्ता निरन्तरता हुनुपर्ने बेइजिङले जनाएको छ । वासिंगटन र बेइजिङबीच व्यापारको विषयमा तनाव बढ्दै गएको समयमा यो कदम चालिएको हो । यसै वर्षको अन्त्यसम्ममा सबै चिनियाँ सामनामा भन्सार बढाउने उद्देश्य अमेरिकाको छ । चीनले अनुचित व्यापार अभ्यास गरेको आरोपबाट व्यापार युद्ध शुरु भएको थियो । तर यस विवादलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको भू राजनीतिक शक्ति संघर्षको रुपमा हेरिएको छ । वासिंगटनले २ खर्ब ५० अर्ब अमेरिकी डलरको बराबरको चिनियाँ बस्तु र चीनले १ खर्ब १० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी बस्तुमा भन्सार बढाइसकेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु