अमेरिकामा ७.१ म्याग्निच्युटकाे भूकम्प

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । अमेरिकाको क्यालिफोर्निया राज्यमा ७ दशमलव १ म्याग्निच्युटका शक्तिशाली भूकम्प गएको छ । बिहीबार मात्रै सो राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्निच्युटका भूकम्प गएको थियो । सो भूकम्प दुई दशकमा सबैभन्दा ठूलो धक्का थियो । जसले केन्द्रबिन्दु रहेका शहरमा सामान्य क्षेत्र र केहीलाई घाइते बताएको थियो । तर शनिबारको भूकम्प भने धेरै ठूलो हो । यसले पुर्याएको क्षतिका विवरण भने आउँन बाँकी रहेको छ । बिहीबारको भूकम्पपछि वैज्ञानिकहरुले ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत गराएका गराएका थिए । केन्द्रबिन्दु रहेको स्थानमा बिहीबार यता दर्जनौ पटक पराकम्प भएका थिए । स्थानीय समयअनुसार शुक्रबार बिहान मात्रै ५ दशलव ४ म्याग्निच्युटको पराकम्प गएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु