अमेरिकामा ६ . ८ रेक्टर स्केलको भूकम्प

२०७२ जेष्ठ १५ गते, शुक्रबार

काठमाडौँ, १५ जेठ । अमेरिकाको अलास्का तटीय क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागले शुक्रबार अलास्काको उघासिक तटीय क्षेत्र भन्दा ११० किलोमिटर टाढा भूकम्प आएको जनाएको छ ।प्रासान्त क्षेत्र सुनामी केन्द्रले भूकम्पबाट सुनामी आउने खतरा नरहेको जनाएको छ । भुकम्पका कारण कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ ।
यस अघि गत मे २५ मा अलास्काको फक्स टापुमा पनि ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प आएको थियो ।यस अघि एक ब्यक्तिले अमेरिकाको क्यालिफोर्नियामा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने चेतावनी दिएपछि अमेरिकामा आतंक मच्चिएको थियो । यद्यपी न्यूयोर्कमा यस्तो भूकम्पबारे कुनै जानकारी आएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु