अमेरिकामा मोदीको विरोध

२०७६ आश्विन ६ गते, सोमबार

काठमाडौं , ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्‍यालीमा सहभागी भएका छन् । विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने र्‍यालीमा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन् । ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए । तर स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन् ।
मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पारे ।
यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् । उनले मोदीले चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको आरोप लगाए । – एजेन्सी

प्रतिक्रियाहरु