अमेरिकामा भिसा अवधि थप र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

२०७६ श्रावण २८ गते, मंगलवार

काठमाडौं , २८ साउन । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन काड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ । नयाँ नियम लागू भएसँगै एक वर्ष वा सो भन्दा बढी समयदेखि सरकारी सुविधा वा अन्यत्र आश्रित रहेका आप्रवासीहरु प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । आगामी अक्टोबरबाट लागू हुने भनिएको नयाँ नियम अनुसार भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामा आश्रित हुन चाहने आप्रवासीहरुको निवेदन अस्वीकृत गर्नसक्ने बताइएको छ । सरकारी अधिकारीहरुले आफ्ना नागरिकको हितका लागि आप्रवासीहरुमाथि कठोर नियम बनाउनुपरेको प्रतिक्रिया दिएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका कार्यबाहक निर्देशक केन कूच्चिनेले ग्रीन कार्डका लागि निवेदन दिनेहरुको वित्तिय अवस्था, शिक्षा, उमेर र अंग्रेजी भाषामा रहेको दख्खलतालाई मापदण्ड बनाएर निर्णय लिइने बताए ।-एजेन्सी

प्रतिक्रियाहरु