अमेरिकामा चीनीया वैज्ञानिकको हत्या !

२०७७ बैशाख २५ गते, बिहीबार

काठमाडौँ , २५ बैशाख । अमेरिकाको पेल्सिलभानियामा चीनीया मुलका एक प्रोफेसरलाई गोली हानेर हत्या गरिएको छ । ३७ बर्षे बिउ लिंग पिटसर्ब विश्व विद्यालयका प्रोफेसर थिए । उनले कोरोना सम्बन्धि अनुसन्धान गरीरहेका थिए र त्यसको निष्कर्षमा पुग्न लागेका थिए । तर उनको गोली हानेरै हत्या भएको सार्वजनिक भएको छ ।
रिस टाउन स्थित आफ्नै निवासमा उनलाई टाउको , गर्धन, हात र खुट्टामा गोली लागेर मृत्यु भएको अवस्थामा प्रहरीले शब बरामद गरेको थियो । ४६ बर्षे अमेरीकी नागरिकले उनलाई गोली हानेर मारे पछि आफूले पनि कारमा आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
विश्व विद्यालयले शोक व्यक्त गर्दै सार्स कोव २ का बारेरमा रिसर्च गरीरहेका उनले त्यस भाईरसका केही कोशीकाहरुको बारेमा अनुसन्धान निष्कर्षमा पुग्न लागेको बताएका थिए । तर त्यो पूरा हुन नपाउदै उनको हत्या भयो । पछिल्लो समय अमेरीकी समाजमा अस्थीरता बढ्ने र खास गरी जातिवादी हिंशा समेत बढ्न सक्ने विष्लेषण शुरु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार