अमेरिकामा आपतकाल !

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितिमा अमेरिकी कम्युटरको नेटवर्कलाई बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ । विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आदेशमा कुनै कम्पनी विशेषको नाम भने लिएका छैनन् ।
यद्यपी, विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको यो कदम चीनको टेलिकम कम्पनी हुवावेप्रति लक्षित रहेको बताएका छन् । अन्य केही देशहरुले पनि चीनले निगरानीका लागि हुवावेका उपकरणहरुको प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उता हुवावेले भने आफुमाथि लागेको आरोपको खण्डन गरेको छ । उसले आफ्ना उपकरणहरुले कसैको नोक्सानी नगरेको र जासुसीको जोखिम नरहेको दाबी गरेको छ । ह्वाइट हाउसको बयानअनुसार राष्ट्रपति ट्रम्पको आदेशको आशय अमेरिकालाई विदेशी दुस्मनबाट बचाउन हो । जो सक्रिय रुपमा सूचना, संचार प्रविधि र सेवाहरुको उपयोगबाट अति संवेदनशील बनेका छन् ।-एजेन्सी)

प्रतिक्रियाहरु