अमेरिकामा अन्तरिक्ष यान विस्फोट

२०७१ कार्तिक १२ गते, बुधबार


काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपणका क्रममा एउटा अन्तरिक्ष यान विस्फोट भएको छ । एन्तारास ए फोर्टिन नामको उक्त यान समुद्री किनाराबाट प्रक्षेपणलगत्तै विष्फोट भएको जनाइएको छ ।उक्त यानमा ६ जना अन्तर्राष्ट्रिय अन्तरीक्ष यात्रीका लागि चाहिने पाँच हजार पौण्ड खाद्य सामग्री बोकेको थियो । के कारणले विष्फोट भएको चाँडै पत्ता लगाइने यान निर्माणकर्ता ओर्बिटल साइन्स कर्पोरेशनले जनाएको छ । घटनामा कोही पनि घाइते भएका छैनन् ।

प्रतिक्रियाहरु