अभिव्यक्ति स्वतन्त्रता हनन् नगर्न चेतावनी

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौँ, २९ कात्तिक । मुलुकमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यवनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा अधिकारकर्मी तथा सरोकारवालाले जोड दिएका छन् ।संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित सबै मौलिक हक कार्यान्वयन हुनुपर्नेमा उनीहरूकाे जाेड छ । क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा मोरङको संयोजनमा बिराटनगरमा भएको मानव अधकिार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले उत्पीडितहरुले जब शोषण, अन्याय, अत्याचारका विरुद्ध विद्रोह गरेर उन्मुक्ति पाउछन् तब मात्र नागरिहरुले मानवअधिकारको व्यवहारमा प्रत्याभूत गर्न पाउने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय मानबअधिकार आयोग क्षेत्रीय निर्देशक मोहनदेव जोशीले मानवअधिकार मानवअधिकारको विश्वव्यापी घोषणा पत्रमा समेत न्याय र समानताका लागि नागरिकले बिद्रोह गर्न पाउने कुरा उल्लेख रहेको बताए । संविधानमा भएका कुरा व्यवहारमा कार्यान्वयन नहुनुले नै मानवअधिकार दिनानुदिन हनन हुँदै गएको बताए । । नेपाल कम्युनिष्ट पार्टीका मोरङ सेक्रेटरी नवराज भटराइले यो सरकारले जनताको हक अधिकारलाई यसैगरी कुिण्ठत गरे समानान्तर सरकार बनाउने चेतावनी दिए । उत्पीडित जनताहरुको अधिकार, राष्ट्रिय स्वाधिनता, जनजीविका, जनतन्त्रको कुरा उठाउनु कुनै अपराध होइन तर अहिलेको व्यवस्थाले यी कुरा उठाउदा अपराध देख्छ, दमन गर्छ त्यसैले अहिलेको व्यवस्थाको विकल्प संघर्ष गरिरहेको बताए ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सिताराम बुढाथोकीले मानवअधिकार उत्पीडित जनताहरुले उठाउने कुरा हो तर सत्तासिन व्यक्तिहरुले नै मानवअधिकारको चर्को कुरा गर्ने व्यवहारतः त्यसको घाटी निमोठ्ने प्रवृतिले मानवअधिकारको अवस्था कमजोर रहेको बताए ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुइटेलले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता विरोधी कुनै पनि गतिविधिलाई नसहने बताउनुभयो । जसको सरकार भएपनि स्वतन्त्रताको सधैभरि खबरदारी गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित अध्यक्ष ऋषिकेश पोख्रेलले आफनो पार्टी सरकारमा रहेपनि जनताले भने जस्तो काम गर्न नसकेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य जर्नादन निरौला, नेकपा माओवादी केन्द्रका बिमल निरौला, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रल, अखिल नेपाल शिक्षक संगठनका सचिव विकास न्यौपाने लगायतका वक्ताहरुले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय प्रदेश नं. १ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकोमा दुख व्यक्त गर्दै सरकारको कार्यशैलीको कडा आलोचना गरेका थिए । साथै पढाउदै गरेका शिक्षक, मिडियामा काम गरिरहेका पत्रकार, व्यापारी लगायतलाई राज्यले विना कारण गिरफ्तार गरि दुख दिने कामप्रति अधिकारकर्मीले चासो व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु