अब ३० सेकेन्डमा मोबाइल फूलचार्ज

२०७० चैत्र २९ गते, शनिबार


काठमाडौँ । इजरायलको एक कम्पनीले ३० सेकेन्डभन्दा पनि कम समयमा चार्ज हुने ब्याट्री विकसित गरेको दावी गरेको छ । यो ब्याट्री तेल अभिवमा आयोजना गरिएको एक प्रविधि सम्मेलनमा प्रदर्शन गरिएको हो । माइक्रोसफ्टका थिंक नेक्सट सम्मेलनमा इजरायलको स्र्टार्टअप स्टोर डटले जैविक संरचनाबाट निर्मित ब्याट्री पर््रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ब्याट्रीले एक सामसुङ एस ४ स्मार्टफोनको चार्ज सकिएको ब्याट्रीलाई २६ सेकेन्डमा पूण् चार्ज गरेको थियो । ब्याट्री हालका लागि प्रायोगिक रुपमा मात्र प्रस्तुत गरिएको छ । आगामी तीन वर्षा व्यवसायिक उपयोगलायक हुने बताइएको छ । स्टोर डटका संस्थापक डा. र्डार्नमेयर्सार्फे भने- हामी तीन वर्षभत्र व्यवसायिक रुपमा प्रयोग हुने ब्याट्री तयार गर्न सक्छौ । तेल अभिव विश्वविद्यालयमा दश वर्षघि अल्जाइमर रोगसँग सम्बन्धित शोधका क्रममा पहिलो पटक यस्तो नौलो क्रिस्टल पत्ता लागेको थियो, जुन स्वयम्मा आपसमा जोडिन सक्षम थिए । यो ब्याट्रीमा त्यही नैनो क्रिस्टल पत्ता लागेको थियो । स्टोर डटले ती नैनो डट्सको उल्लेख ‘स्थिर, बजबुत गोल’का रुपमा गरेको छ । जसको ग्यास २.१ नैनोमिटर छ । र, यो पेस्टाइड अणुबाट बनेको छ । डा. मेयर्सार्फे भने यो प्रविधि कयौ प्रकारले उपयोग गर्न सकिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु