‘अब श्री ५ केपी ओली लेख्नमात्रै बाँकी छ ‘

२०७५ मंसिर १६ गते, आईतवार

काठमाडौं , १६ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुईतिहाइ बहुमत देशका लागि अभिसाप बनेको जिकिर गरेका छन् । शनिबार बुटवलमा सन्चारकर्मीसित उनले सरकारको तानाशाही शैली र निरीह प्रतिपक्षीका कारण सरकार गलत काममा लागिरहेको आरोप लगाए । ‘अब श्री ५ केपी ओली लेख्नमात्रै बाँकी रहेको छ’–उनले भने । ९ महिनामा सरकारले नै राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै उनले जनतामा वितृष्णा जगाउने काम भएको उल्लेख गरे । राष्ट्रियता र सामाजिक न्यायको विषयमा सरकार लाचार भएको टिप्पणी गर्दै उनले आफ्नो पार्टीले आन्दोलनको तयारी गरिरहेको पनि बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु