अब वेभसाइटहरुले पनि पैसा कमाउन सक्नेछन्

२०७१ मंसिर ८ गते, सोमबार


काठमाडौँ । गुगलले एउटा नयाँ प्रोजेक्ट सार्वजनिक गरेको छ। जसले इन्टरनेट उपभोक्तालाई विज्ञापनबिना ब्राउजिङको सुविधा दिनेछ ।यद्यपि विज्ञापनबाट पिछा छोडाएर सिधैं वेभसाइटमा जानका लागि मुल्य चुकाउनुपर्नेछ । विज्ञापनमुक्त वेभसाइट हेर्नका लागि मासिक १ डलरदेखि ३ डलरसम्म शुल्क तिर्नुपर्नेछ ।
‘कन्ट्रिब्युटर’ नामको यो परियोजनामा सहभागी कुनै पनि साइटमा जब उपभोक्ता जानेछन् तब उनीहरुले विज्ञापनको स्थानमा केही पनि पाउने छैनन्।
गुगलको यो प्रयोगमा अहिलेसम्म केही वेभसाइट संलग्न छन् । जसमा साइन्स डेली र अर्बन डिक्सनरी छ । यो परीक्षणकाल मात्र भनिएको छ। परीक्षणमा बिकीहाओ र मैशेबल पनि सहभागी छन्।
यद्यपि यो सेवाको लाभ केहीले मात्र उठाउन सक्ने छन्, जसलाई गुगलले आमन्त्रितगर्ने छ । किनभने यो अहिले प्रयोग कै क्रममा छ ।‘कन्ट्रिब्युटर’ स्वयम फण्ड जुटाउने एउटा अतिरिक्त प्रयोग बताएको छ।
यसको पेजमा एउटा प्रश्न राखिएको छ–आज इन्टरनेट मुख्यरुपमा विज्ञापनको माध्यमबाट फण्ड जुटाउने गरिन्छ । तर, यदि एउटा यस्तो मार्ग होस जसले सिधैं ती वेभसाइटलाई लाभ होस जुन तपाई दिनहुँ हेर्नुहुनेछ । कस्तो होला ?
यो नयाँ व्यवस्थाको माध्यमबाट प्राप्त हुने रकमको एउटा हिस्सा गुगलले पाउनेछ । र अर्को हिस्सा वेभसाइटले प्राप्त गर्ने छन्। उपभोक्ताले यो सुविधान आफ्नो गुगल एकाउन्टबाट लग इन गरेर प्राप्त गर्न सक्ने छन् ।
‘वाल स्ट्रिट जर्नल’ र ‘द टाइम्स’ जस्ता वेभसाइटले यसअघिबाटै प्रयोगका रुपमा शुल्कमा आधारित सुविधा प्रदान गरिरहेका छन्। तर, त्यहाँ अहिले पनि विज्ञापन देखिने गरेको छ ।
‘रिडेबिलिट’ नामकोएउटा सेवाले कन्ट्रिब्युटरकै जस्तो प्रयोग गरेको थियो । तर, यो सन् २०१२ मा बन्द भयो । – एजेन्सी

प्रतिक्रियाहरु