अब पेष्टपेडमा डाटा प्याकेज

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौं, १९ असोज । नेपाल टेलिकमले भोलिदेखि जीएसएम पोष्टपेड मोबाइलमा डाटा प्याकेज मार्फत इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । टेलिकमले दुई सय एमबी डाटा १३० रुपैयाँमा उपलब्ध गराउने भएको छ । यस्तै ५ सय एमबीका लागि ३ सय र १ जीबीका लागि ५ सय रुपैयाँ तोकिएको छ । यो प्याकेज एक महिनाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ ।
तीन जीबी डाटा १२ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ, जुन प्याकको अवधि २ महिना रहेको छ । त्यस्तै, ५ जीबी डाटा १८ सयमा उपलब्ध हुनेछ । यो प्याक ३ महिनासम्म प्रयोग गर्न सकिने छ । डाटा सुविधा लिनका लागि मोबाइलबाट डाटा टाइप गरी स्पेस दिएर आफुले चाहेको भोल्यूम टाइप गरी १४०० मा एसएमएस गर्नुपर्ने हुन्छ । उदाहरणको लागी 200MB Data लिनु परेमा DATA 200MB Type गरी १४०० मा SMS पठाउनु पर्छ । प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु