अब दैनिक १० घण्टा लोडसेडिङ (तालिका सहित)

२०७१ पुष २ गते, बुधबार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ बढाएको छ । मंगलबारसम्म ८ घण्टा मात्रै गर्दै आएको लोडसेडिङ बुधबारदेखि दैनिक १० घण्टा हुने प्राधिकरणले जनाएको छ ।प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले नदीमा पानीको सतह घट्दै गएकाले र पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजनाको टावरमा क्षती पुगेकाले लोडसेडिङ बढाउनुपरेको बताए । भोटेकोशीको टावरमा क्षती पुग्दा ४५ मेगावाट बिजुली केन्द्रिय प्रसारण ग्रिडमा नजोडिँदा लोडसेडिङको अवधि बढाउनु परेको उनको भनाई छ ।

हिउँदमा १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य भए पनि भोटेकोशी जलविद्युतको टावर बनाउन स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकाले समस्या हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु