अबको राजनीतिक परिदृश्य – युवराज सफल

२०७१ श्रावण ९ गते, शुक्रबार

नेपाली राजनीति यतिखेर अनेक कारणले तरंगित भएको छ । विशेषत साउन महिनाभित्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय हुनु,नेकपा एमालेको महाधिवेशनवाट केपी शर्मा वली पार्टर्ीीध्यक्षमा निर्वाचित हुनु , एकीकृत नेकपा माओवादीभित्रको अर्न्तसंर्घष चुलिनु ,नेकपा-माओवादीको वैठकमा अध्यक्ष किरण र सचिव चन्दको छुट्टा छुट्टै राजनीतिक प्रतिवेदन आउनु ,संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरु कुनै हालतमा संविधान जारी गर्न पर्छ भन्ने अडानमा लाग्नु ,असन्तुष्ट पक्षहरु पेरि आन्दोलित हुन खोज्नु , एमाओवादीको नेतृत्वमा पहिचानवादीहरुको मोर्चा बन्दी हुनु , भारतसँग गर्न लागिएको राष्ट्रघाती उर्जा सम्झौताको र नयाँ सत्ता समिकरणको प्रसंग आदिले नेपाली राजनीति अकल्पनीय बाटोमा जाने र कालान्तारमा त्यसले संविधान बनाउने कुरामा समेत असर गर्ने देखिन्छ । तर्सथ अबको मोटामोटी एक वर्षभत्रमा कस्ता राजनीतिक घटनाक्रमका परिदृश्य देखिन्छन् त भन्ने विषयमा संक्षेपमा चर्चा गरौँ ।
मोदीको भ्रमण र भ्रमणले निम्त्याउने परिणाम
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने कारणले आज नेपालको राजनीतिक वृत आवश्यकताभन्दा बढीनै तात्तिएको छ । मोदीको भ्रमणसँगै आज नेपाली राजनीतिमा चासो राख्ने र नराख्नेहरुसमेत यस विषयमा अड्कलबाजी गर्न थालेका छन् । सामान्यतया मोदीको भ्रमणले निम्न कुराहरुमा तरंग ल्याउने बुझिएको छ ः
क. नेपालसँग असमान सन्धी गरेर जलस्रोत कब्जा गर्ने दाउ
विभिन्न संचारमाध्यममा प्रकाशित भएको समाचार अनुसार भारत नेपालसँग भुटानसँग गरिएको जस्तो एकपक्षीय उर्जा सम्झौता गर्न चाहन्छ अझ उ एकलौटी रुपमा नेपालको नदी नाला कब्जा गर्न र यहाँ विद्युत उत्पादन गरी आफूखुसी त्यसको कारोवार गर्न चाहन्छ , नेपालको जलविद्युतमा एक लौटी राज गर्न चाहन्छ । नेपालको जलविद्युतलाई कसरी कब्जा गर्न सकिन्छ भनेर उसले रणनीति बनाएको र सोही रणनीति बमोजिम तयार गरिएको उर्जा तथा जलविद्युत सम्झौतापत्र भारतको मात्र हितमा रहेको कुरा र्सार्वजनिक भएसँग त्यो सम्झौता हुन्छ या हुँदैन भन्ने कुरा अन्योलमा परेको छ ।अधिकांश राजनीतिक दलहरु यस विषयमा चुप रहेपनि एकीकृत नेकपा मोओवादी र नेकपा-माओवादीले भने यो सम्झौता राष्ट्रघाती भएकोले कुनै पनि हालतमा गर्न नहुने अडान लिएका छन् र विज्ञप्तीमार्फ त्यसको कडा प्रतिरोध गर्ने भनेका छन् । प्रतिपक्षहरुको विरोध देखिएपछि अहिले सरकारले सम्झौता गर्ने या नगर्ने भनी औपचारिक धारणा र्सार्वजनिक गरेको छैन ।
नेपालमा यो सम्झौताको विरोध हुन थालेपछि भारतीय राजदुत रन्जित रे र नेपाली भएर पनि भारतीय चाकडी गर्नेहरु अत्तालिएका छन् । राजदुत यसो पनि भन्न थालिसकेका छन् कि यदि त्यो सम्झौतामा हस्ताक्षार हुँदैन भने प्रधानमन्त्री मोदी आउनुको के अर्थ – रेको यो भनाईवाट पनि भारत कसरी नेपालको नदिनाला माथि एकपक्षीय ढंगवाट कब्जा गर्न लालयित छ भन्ने कुरा प्रष्ट हुन्छ । अझ रहस्यको कुरा यो छ की लामो समय देखि नेपालमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन सकेको थिएन । तर प्रधानमन्त्री हुनसाथ शुशिल कोइरालाले टनकपुर नेपालको हैन भारतकै भूमि हो भन्ने अभिव्यक्ति दिए भने अहिले जलविद्युत सम्बन्धी एक पक्षीय सम्झौतामा हस्ताक्षार गर्राई नेपालको सम्पूण नदिनाला र यहाँको जलविद्युत सम्बन्धी अधिकार भारतलाई सुम्पेर उपहारस्वरुप दिने योजना बनाईएको छ र मोदी त्यही उपहार ग्रहण गर्न नेपाल भ्रमण गर्न लागेका हुन् । नेपाली काँग्रेस नेतृत्वको सरकारले आफ्नो प्रभूलाई रिजाउन यस्तो राष्ट्रघाती सन्धी सम्झौता गर्न लागेको छ भने महाकाली सन्धी गरेर लागेको कालो दाग मेटिन नपाउदैँ एमाले फेरि पनि अर्को विवादित र राष्ट्रघाती सन्धी गर्न तम्सिएको छ । यसका लागि एमाले कोटावाट उर्जा मन्त्री बनेकी राधा ज्ञवालीले पहिलो कोशेली वा सौगात स्वरुप आफ्नो प्रभूलाई नेपालको जलविद्युत दिन लागेकी छिन उनी कुनै पनि हालतमा भारतसँग विवादित सम्झौता गरेरै छाड्ने अडानमा छिन मानौँ उनी भारतीय नागरिक हुन् र उनले भारतप्रति बफादारिता हुन पर्छ । अत मोदी भ्रमणको पहिलो आकर्षा यही नै हो । अबको राजनीतिक परिदृश्यमा मोदी नेपाल आएको खण्डमा यही कुरा हुनेछ ।
ख. नेपाललाई फेरि राजतन्त्रात्मक र हिन्दू राज्य बनाउने दाउ
मोदी भारतको प्रधानमन्त्री नबन्दै नेपालमा राजनीति गरेर राजतन्त्र फर्काउने र नेपाललाई फेरि हिन्दू राज्य बनाउने भन्दै आएको राप्रपा नेपाल लगायत अन्य हिन्दूवादी संघ संस्थाहरुले अब भारतमा मोदी प्रधानमन्त्री हुने र उनले नेपाललाई हिन्दु राज्य बनाउने अनि गुमेको राजतन्त्रलाई पून फिर्ता गर्राईदिने गफ गर्दै थिए । उनीहरुले भनेजस्तो मोदी भारतको प्रधानमन्त्री बनी सकेका छन् र अब उनी नेपालको भ्रमण गर्न समेत आउदैँ छन् । भुटान भ्रमणमो क्रममा मोदीले नेपालको राजतन्त्र भनेर अभिव्यक्ति दिएका थिए ,यसै घटनावाट कतिपय विश्लेषकहरु मोदीको यो अभिव्यक्ति झुक्किएर नभई मनै देखि आएको योजनावद्व अभिव्यक्ति हो भन्न थालेका छन् । राप्रपा नेपालले नेपालमा मोदी सरकारले राजतन्त्रको पर्ूनस्थापना गरी दिने र हिन्दु राज्य पनि बनाई दिने कुरामा आत्मरति लिन थालेको छ । नेपाली जनतावाट तिरष्कृत भएर एक पटक मरेर इतिहासको पानामा मात्र सिमित रहेको राजतन्त्रलाई फेरि व्यूतन्छ भनेर सपना देख्नु आफैँमा प्रतिगामी कार्य त हुँदै हो साथै फेरि पनि राजतन्त्र आउछ भनेर आत्मरति लिनु उल्लुहरुले देख्ने दिवा सपना बाहेक केही हैन । साथै बहुल धर्म र संस्कृतिको बाहुल्यता रहेको देशमा हिन्दु राज्यको मात्र कुरा गर्नु आडम्वर र बकवास सिवाय केही हैन र हुन सक्दैन । एउटा सत्य कुरा चाँहि के हो भने विभिन्न धर्म मान्ने मान्छे भएको नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु ज्यादै निन्दनीय कार्य हो भन्ने कुरा सबैतिर वाट आएको छ । विशेषत क्रिश्चियन धर्म विस्तार गर्ने अमेरिकी र युरोपियन युनीयनको योजना अर्न्तर्गत धर्म निरपेक्षताको कुरा आएको सत्यलाई कसैले मेट्न सक्दैन । त्यतिखेर आएको त्रुटीलाई सबैले स्वीकार गरेका छन् र भन्न थालेका छन् हामीले धर्म निरपेक्ष हैन धार्मिक स्वतन्त्रता चाँहि भन्न पर्ने रहेछ । निरपेक्ष भनेको कँहि केही नभएको भन्ने हुन्छ जब कि नेपालमा विभिन्न धर्म मान्ने मान्छेहरु यद्यपी बसोवास गरिरहेका छन् । अनि सबै धर्मलाई समान रुपले हेन पर्ने ठाँउमा राज्यले कूनै देशलाई हिन्दु राज्य भनेर घोषणा गर्न मिल्छ – के भोलि बुद्विष्टहरुले बौद्व राज्य मागे भने बौद्व राज्य दिने -अनि क्रिश्चियनहरुले क्रिश्चियन राज्य मागे भने क्रिश्चियन राज्य दिने – के यो सम्भव छ – मलाई लाग्छ यो सम्भव छैन , तर्सथ नेपाललाई कुनै एउटा धर्मको राज्य बनाउनु भनेको प्रतिगमन हुनु हो दुनियाँलाई यो चेतना होस् कि धर्मको आधारमा राज्य बन्दैन । धर्मको आधारमा बन्ने भनेको मन्दिर ,गुम्वा ,गिर्जाघर र चर्चमात्र हो राज्य बन्दैन ।
अत यर्थाथवादी दृष्टिकोणले हेदा मोदीको भ्रमणताका नेपालमा राजतन्त्र ल्याउन र हिन्दु राज्य ल्याउन चाँहने पार्टीले आफूहरुलाई सहयोग गर्न रोइकर्राई त्यस्तै परे हार गुहार समेत गर्ने छन् तर भर्खर भारतको प्रधानमन्त्री भएर नेपाल आएका मोदीले सिधै नेपालमा राजतन्त्र ल्याई दिन्छ अनि हिन्दु राज्य बनाई दिन्छु भनी पक्कै पनि भन्ने छैनन् होला । भनेपनि कुटनीतिक पाराले जवाफ दिन्छन् होला ,यदि मोदीले नेपालमा राजतन्त्र र हिन्दु राज्यको आवश्यक छ भनेमा उनको अभिव्यक्तिको र्सवत्र घोर निन्दा र भर्त्सना हुनेछ ,पुरै नेपाल मोदीको अभिव्यक्तिको विरुद्वमा उत्रने छ ,त्यो घटनावाट देश मूख्यतया दर्ुइ धु्रवमा विभाजित हुनेछन् , राजतन्त्र ल्याउन पर्छ ,अनि हिन्दु राज्यको आवश्यक छ भन्ने र राजतन्त्र ल्याउन हुन्न र नेपाललाई हिन्दु राज्य बनाउन हुन्न धर्म निरपेक्षता नै हुन पर्छ भन्ने विच टकराव हुनेछ र नेपाललाई धार्मिक हिंसा तथा द्वन्द्वमा फसेको हेन नचाँहने शक्तिले धर्म निरपेक्ष पनि हैन र हिन्दू राज्य पनि हैन भन्दै सबै धर्म फस्टाउन पाउने सबैले मान्न पाउनको लागि धार्मिक स्वतन्त्रताको नीति अबलम्वन गर्न पर्छ भन्ने आवाज उठ्ने छ कालान्तरमा देशले धर्म सम्बन्धीको नीतिमा धार्मिक स्वतन्त्रताको व्यवस्था गरिएको छ भन्ने निर्ण्र्ाागर्नेछ ,सायद अबको राजनीतिक परिदृश्यमा यही कुरा देखिनेछ ।
केपीको उदय र अबको राजनीतिक घटना र्
भर्खरै सकिएको एमाले महाधिवेशनवाट पार्टी प्रभावशाली नेता केपी शर्मा ओली पार्टीअध्यक्षमा चयन भएका छन् । ओली अध्यक्ष बन्न साथ ओलीका बोली र गोलीको शिकार को को हुन्छन् भन्ने जिज्ञासा आम रुपमा उत्पन्न भएको छ । विशेषत माओवादीप्रति अतिनै आक्रामक देखिने ओली पहिला देखिनै माओवादीको चर्को आलोचना गर्दै आएका थिए । विभिन्न उखान र टुक्काको प्रयोग गरेर विपक्षीलाई शव्दवाण हान्ने ओली एमाले अध्यक्ष बन्न साथ सो पार्टी नेता तथा कार्यकर्तामा तरंग ल्याइ दिएको छ । ओलीको आगामी कार्ययोजनाप्रति धेरैले धेरै विश्लेषण गर्न थालेका छन् । कतिपयले अब ओली माओवादी तथा अग्रगामी क्रान्तिकारी धारलाई पेलेर सिध्याउने योजनामा लाग्ने अड्कल गरेका छन् । यसका लागि उनी अब शुशिल कोइरालाको विकल्प खोजेर आफू प्रधानमन्त्री बन्ने खेलमा समेत लाग्न भ्याइ सकेका छन् । अहिले उनी आफ्ना निकटवर्तीहरु सँग कोइराला सरकार ढालेर आफ्नो नेतृत्वमा कसरी सरकार गठन गर्ने भन्ने बारे छलफलमा व्यस्त छन् । एमाले अध्यक्ष र देशको प्रधानमन्त्री दुवै पदमा भएको बेलामा लोकतान्त्रिक संविधानको नाममा पुरानै संविधान व्यूँताउने खेलमा ओली लाग्ने कतिपयको विश्लेषण रहेको छ ,यद्यपी ओली लोकतान्त्रिक संविधान चाहिएको त बताउदै आएका छन् । गणतान्त्रिक मूलुकमा ओली के आधारमा लोकतान्त्रिक संविधानको आवश्यकता देखिरहेका छन् ,गम्भीर प्रश्न चिन्ह खडा भएको छ । हुन त ओली पार्टीीध्यक्ष नै नभएपनि पार्टीे महत्वपूण निर्ण्रा उनको सहमति चाहिन्थ्यो । ओलीकै कारण संविधान सभाले पूण्ता नपाएको तथा संवैधानिक नियूक्ति हुन नसकेको बताइएको थियो ।अब ओली अध्यक्षको कुर्सी एक हप्ता पनि नबस्दै उपचारको लागि विदेश उड्न भ्याएका छन् । नेपाली राजनीतिमा केपीको उदयले अग्रगामी धारलाई परास्त गरी पश्चगामी धारलाई मलजल पुग्ने निश्चित छ अरु कुरा थाहा पाउन त उनको पुरा कार्यकाललाई हर्ेर्नै पर्छ ।
एमाओवादी र नेकपा -माओवादीमा आएको विवाद
यसलाई संयोग मान्ने हो कि नियतवश ,या सुनियोजित एवम् या प्रायोजित हो त्यो इतिहास र समयले नै प्रष्ट पार्नेछ ,अग्रगामी धारलाई नरुचाउने शक्तिको पार्दुभाव हुनु र अग्रगामी धारमा पनि विचलन आउनु र फुट्न खोज्नु । जस्तो कि आज एमाओवादी भित्र बाबुराम र प्रचण्ड गुटमा भनेर जसरी नेताहरु खुल्दै गएका छन् यसले एमाओवादीलाई पतनको संघारमा पुर्याउने निश्चित छ । यस्तै एमाओवादीवाट विभाजनको शिकार भई जन्मेको नेकपा – ड्यास माओवादीमा पनि करिव करिव विभाजन आउने संकेत देखा परेको छ ,खास गरी पार्टीीे कार्यदिशा के अबलम्वन गर्ने भन्ने सवालमा पार्टीध्यक्ष किरण र सचिव चन्दको छुट्टा छुट्टै प्रतिवेदन आएपछि अन्तत दुवैको प्रतिवेदन पारित भएको छैन । अध्यक्ष किरणले जनव्रि्रोहको लाइन सचिव चन्दले जनयुद्वको धार लिएर हिँडेकोले सहमति नभएको बुझिएको छ ,यदि यस्तै हो भने नेकपा-ड्यास माओवादीवाट एक पक्ष एमाओवादीमा विलिन हुने र अर्को पक्षले छुट्टै पार्टीीोल्ने प्राय निश्चित छ भने प्रचण्ड र वैद्यवीच एकता भएमा त्यस एकीकरणवाट एमाओवादी नेता डा. वाबुराम भट्टर्राई असन्तुष्ट भई नयाँ पार्टीोल्ने निश्चित भएको छ । भट्टर्राईले देशैभरि समानान्तर पार्टीीमिटीहरु गठन गरेको खबरहरु र्सार्वजनिक हुन आएकोले अब नेपालको राजनीतिमा केही पार्टर्ीीट्ने र केही नयाँ पार्टीीपिने छन् नेपाली राजनीतिक परिदृश्यमा यही देखिने पक्का पक्की छ ।
संविधान निर्माण कार्यमा जटिलता
दोस्रो संविधान सभाको निर्वाचन भएपश्चात आफूलाई संविधान निर्माण गर्नकै लागि संविधान सभाको चुनाव गराएको दावी गर्ने पार्टर्ीीको दावी असार साउनको खहरेजस्तै भएको छ । न त संविधान सभाले पर्ूण्ाता पाएको छ न त संवैधानिक तथा अन्य विषयगत समितिहरुले पूणाता पाएका छन् । न त विवादित विषयमा कुनै सहमति खोजिने प्रयास नै गरिएको छ । केवल सत्ता समिकरण बदल्ने खालका खेलहरु अगाडि बढ्न खोजेको मात्र देखिन्छ । संविधान सभाको निर्वाचन बहिष्कार गरेको राजनीतिक शक्तिसँग कसरी वार्ता गर्ने र संविधानको विषयमा सहमति जुटाउने भन्ने कुरामा सरकार र संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी अलमलमा परेका छन् । उनीहरुको यही अलमल अनि विपक्षीहरुको यही आन्दोलन र विरोध नरोकिने हो भने पहिलो संविधान सभाले जस्तै दोस्रो संविधान सभाले पनि संविधान दिन सक्दैन । हिजो जुन कारणले संविधान सभाको विघटन भएको थियो त्यही कारण फेरि पनि संविधान सभाले संविधान नदिने सम्भावना प्रवल देखिन्छ ,किनकी एमाओवादीको नेतृत्वमा पहिचानवादीहरुको गठबन्धन बनाउने अभ्यास भई रहेको छ । यो गठबन्धन अनि काँग्रेस एमालेको कारण फेरि पनि संविधान बन्दैन भन्ने कुरा प्रष्टै देखिएको छ । एक थरि पहिचानसहितको संघीयता चाहिन्छ भन्ने र अर्को थरि त्यसलाई स्वीकार नगर्ने कारण हेदा फेरि पनि संघीयताको कारण नै संविधान नबन्ने देखिन्छ । यसवाट हेदा अबको राजनीतिक परिदृश्यमा संविधान निर्माण कार्य निकै चुनौतिको मोडमा पुग्ने देखिन्छ ।
विवादित उर्जा सम्झौताले गर्ने ध्रुवीकरण
नेपाल सरकारको तर्फाट भारत सरकार सँग गर्न लागिएको विवादित उर्जा सम्झौता यदि भएको खण्डमा त्यसले देशमा ठूलो ध्रुवीकरण ल्याउने सम्भावना देखिएको छ । अहिले सम्झौता नहुँदै त यसको विरोध हुन थालेको छ । तर्सथ भोलि राष्ट्रियताको नाममा यहाँ ठूलो आन्दोलन चल्न सक्छ । देशलाई माया गर्ने स्वाभिमानी नेपालीहरुले त्यस्तो असमान सन्धी सम्झौतालाई खप्न सक्दैनन् र त्यस्तो हुँदा टुलुटुलु हेरेर मात्र बस्न सक्दैनन् । त्यसकारण देशको राष्ट्रिय स्वाधिनता ,राष्ट्रिय अखण्डताको रक्षा गर्न जागरुक नेपालीहरु आन्दोलनमा उत्रने छन् । यस अवस्थामा सत्तासिन हरु एकापट्टि र प्रतिपक्षहरु अर्को तिर हिँडेका हुनेछन् । त्यसकारण आन्दोलनका घोषणाहरु हुने छन् ,सरकारले आन्दोलन दवाउने प्रयत्न गर्नेछ । संविधान निर्माणका कार्य ओझेलमा पर्नेछ । यसरी नै अबको राजनीतिक परिदृश्य देखा पर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु