अफगानिस्तानमा भीषण हिमपात

२०७१ फाल्गुन १४ गते, बिहीबार

काठमाडौ, १४ फागुन ।अफगानिस्तानको पन्जशिर प्रान्तमा भीषण हिमपात हुँदा एकसय जना भन्दा धेरैको ज्यान गएको छ । भीषण हिमपातपछि हिमपहिरो र हिम आँधी आएको विविसीले जनाएको छ । पन्जशिर प्रान्तका कार्यबाहक गभर्नरका अनुसार हिमपातका कारण झण्डै १ सयवटा घर, दुईवटा स्कूल तथा एउटा मस्जिदमा पुरै क्षति पुगेको छ ।
उद्दार टोली पुग्न असफल भएपछि त्यहाँका स्थानीयबासिन्दा आफैँ जमेको हिउँ पन्छाउन लागिपरेका छन् । प्रभावित क्षेत्रमा पुग्न ४० किलोमिटर लामो सडकमा जमेको हिउँ पन्छाउनुपर्ने भएकाले उद्दार टोली पुग्न कठिनाई भएको विविसीले जनाएको छ ।
भारी हिमपातका कारण धेरैजसो सडक बन्द भएका छन् । अफगानिस्तानमा सन् २०१० र २०१२ पनि हिमपातका कारण धेरैले ज्यान गुमाएका थिए ।

प्रतिक्रियाहरु