अफगानिस्तानको चुनावमा राष्ट्रपति अशरफ घानी विजेता !

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् । अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ संकटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो । आतंकवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो । अफगानिस्तानमा गएको वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो । सन् २००१ मा अमेरिकी बलले तालिबानलाई सत्ताबाट हटाएको थियो ।
त्यसपछिको यो चौथो पटकको चुनाव थियो । मतदानमा निकै धाँधली भएको आरोप लागेको थियो । तदानको क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या पनि आएको थियो । यसका साथै अनेक प्रकारका अनियमितता गरेको आरोप पनि लागेको थियो । मंगलबार अफगानिस्तानको इन्डिपेन्डेन्ट इलेक्शन कमिसन (आईईसी) का अनुसार अशरफ घानीलाई ५० दशमलव ६४ प्रतिशत मत प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु