अपहरित सपनाहरु – हरि वस्नेत

२०७४ मंसिर ४ गते, सोमबार

थुन सरकार
यौटा वन्द कोठामा थुन
अँध्यारो खोपिमा कैद गर
र कैदि वनाएकै पिन छौ अाज
हाकिलाई र हाम्रा सपनाहरुलाई
अझै पक्राउ अादेस जारी गर
तिम्रो कालो रुपलाई
कालो देख्ने साचो मान्छेहरुलाई
बन्द कोठामा राख्न अादेश जारी गर !

तिम्रै हातमा छन् सत्ताहरु
छन् बन्दुक र वर्दिवालाहरु पनि
सक्छौ हुकुम वक्सिस गर
साचो अर्थको शान्ति खोज्नेहरुलाई
सर्वश्व खोसेर नेल भिर्याईदेउ
अनि?
अनि पैसामा खरिद गर निरीह मतहरु
र, मस्त लुट मेरो देशलाई!

तर, विहान उदाउनु अघि
अो सरकार
सक्छौ हाम्रा सपनाहरुको फाँसी देउ
तर, तिम्रो विडम्वना
सक्दैनौ तिमी सक्दैनौ
किनकि, सधै तिम्रो हुनेछैन मध्यरात
झुल्कने छ विहान जरुर
अपहरित सपनाहरुको विद्रोहले !

रम्ने छौं हामी त्यो विहान
तिमिले कैदि वनाईएका हामिहरु
र, अाजका तिम्रा मतदाता हरुले
गाउनेछन क्रान्तिका गितहरु
वज्नेछन साचो अर्थको शान्तिका संगितहरु
जब मुक्त हुनेछन अपहरित सपनाहरु !
(जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत वाट)

प्रतिक्रियाहरु