अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे आफै कारवाही गर्न बाध्य हुने ६ बिद्यार्थी संगठनको उदघोष

२०७७ बैशाख १३ गते, शनिबार

काठमाडौं, १३ वैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत छ बिद्यार्थी संगठनले सांसदलाई जबर्जस्ती मानसिक दवाबदिने अपराधिक कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न सरकार सँग जोडदार माग गरेका छन । उनीहरुले राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनितिक क्षेत्र प्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे आफैँले कारवाही गर्न बाध्य हुने बताएका छन् । आज बसेको ति संगठनको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी)का अध्यक्षहरु चिरञ्जिबी ढकाल, आलोका रायमाझी , नेविसंघका अध्यक्ष राजिब ढुंगाना , समाजवादी बिद्यार्थी युनुयनका अध्यक्ष रुपनारायण श्रेष्ठ , राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र र राप्रबिस (सम्युक्त)का अध्यक्ष धन्सुर शाहीले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – ” सिङ्गो विश्व कोरोनाको संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पुर्ण लकडाउन गरि ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको छ ।
सबै राजनीतिक दल तथा सम्पुर्ण जनता एकतावद्ध भई कोरोना महामारी विरुद्ध लडिरहेको यस गम्भिर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो अपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भत्र्सना गर्दछौँ ।
सांसदलाई जबर्जस्ती मानसिक दवाबदिने अपराधिक कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न हामी सरकार सँग जोडदार माग गर्दछौँ ।
राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनितिक क्षेत्र प्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु