अन्तिम युद्ध अपरिहार्य – शिशिर भण्डारी

२०७४ जेष्ठ ९ गते, मंगलवार

नेपाली कम्युनिस्ट आन्दोलन आज इतिहास कै सर्बाधिक असाधारण जटिल र चुनौतीपूर्ण परिस्थितिको बिचबाट गुज्रिएको छ। रात रहेपछि अग्राख पलाउछ भने जस्तै देश र जनताले भोग्नु परेको दुख कष्ट पीडा समस्याहरु क्रमश मेटिदै जानुपर्ने र दुखको भारी हलुँगो हुँदै जानुपर्नेमा उल्टै झन दिन प्रतिदिन ति समस्याहरुले अाम जनमासलाई दबाबउदै जानुले बिकराल पस्थिति बन्दै गएको छ । जसले गर्दा अन्ततः फेरि बन्दुक बोक्नु पर्ने आबश्यकता बोध भएको यथार्थतालाई आँखा चिम्लिन मिल्दैन। जनताको राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ ” बन्दुकको बलमा टिकेको बुर्जुवा राज्यसत्तालाई बन्दुकले नै परास्त गर्नु पर्छ भन्ने माहान बिचारक माओत्सेतुङको भनाई आज पनि उतिकै सान्दर्भिक र मननयोग्य रहेको छ।
यसर्थ पनि सबै परिवर्तनका पक्षधरहरुको निम्ति अन्तिम युद्ध अपरिहार्य बनिसकेको छ ।
पुरानो राज्यसत्ताकाविरुद्ध नयाँ जनबादी सत्ता स्थापनाको खातिर दश बर्षे महान जनयुद्ध र १९ दिने एतिहासिक जनआन्दोलनमा नेपाल आमाका होनहार छोरा- छोरीहरुले अकल्पनीय र अतुलनीय बलिदान गरेका छ्न । हिजोका दिनमा चुलो, चौको , घरधन्दा, घाँस दाउरा र पुरुष प्रदान समाजको दासी भएर चुपचाप जीवन बिताइ रहेका नारीहरुले समेत क्रान्ति र जनयुद्धमा निकै उच्च योग्दान ,त्याग ,समर्पण र प्रससनिय कीर्तिमानको ईतिहास सुनौलो अक्षरमा कोर्न सफल भएका छन । जुन चाहेर पनि कसैले मेटाउन सकदैन ।
जुन उदेश्य को निम्ति भनेर नेपाल आमाका सुन्दर होनाहार छोराछोरीलाई युद्ध लडाईएको थियो त्यो उदेश्य प्राप्ती भन्दा अगाडि सम्बन्धित नेतृत्वलाई क्रान्तिबाट युद्धको मैदान छोडेर भाग्ने छुट दिइने छैन ,त्यसको सजाइ धोकेवाज गद्दारहरुले एक दिन पक्कै पाउने नै छन ।
हिजोको महान जनयुदको मुख्य कडि गाँस ,बाँस, कपास ,शिक्षा र स्वास्थलाई जोडि अाम जनताको अाखामम कहिले नबिझ्ने हिरा मोतिको दाना झै बन्न सफल भथियो । तर केही मौकाबादी अप्सरबादी र धोकेवाजले गर्दा गाँस बाँस एकादेशको कथा भएको छ । गरिब जनतासग खुटा टेकने जमिन हुदैन भने खान कसरी पाउने ? जबसम्म दलाल सामन्तहरुको जमिन कब्जा गरेर गरिब जनतालाई बितरण गरिदैन तबसम्म आन्दोलन जारी रहने वाला छ । बन्दुकको आबश्यकता रहिरहने छ । जसको लागि क्रान्तिकारीहरु बन्दुक बोक्न लललाहित भैरहने छन । यस्तो अबस्थामा बन्दुक बोक्नु कुनै रहर र ईच्छा चाहनाको बिषय हुदैन , आबश्यकता र बाध्यकताको बिषय बन्दछ। ईतिहास साक्षी छ , जहाँ अभाब हुन्छ त्यहीबाट क्रान्तीको आगो सल्किन्छ। जहाँ दमन शोषण हुन्छ ,त्यहा प्रतिरोध हुन्छ ,जहाँ प्रतिरोध हुन्छ त्यहा बिस्फोट हुन्छ। स्वाभाविक रुपमा कुनै पनि बस्तुले निकास पाएन भने बिस्फोट हुन्छ । यो बिज्ञान को नियम हो।
समाजमा जबसम्म अन्याय ,अत्याचार, दमन ,शोषण , अन्याय , अत्याचार, असमानता र अभाब सृजना भैरहन्छ ,तबसम्म निरन्तर कान्ति भैरहन्छ । यो समाज बिज्ञानको नियम हो।
हिजो ०५२ सालमा पनि बन्दुक उठ्नु , समस्या र अभाब कै परिणाम थियो । आजपनि उस्तै समस्या यथावत छ । यस्तै बिकराल अवस्था रहिरहने हो भने बन्दुकको आबश्यकतालाई नजिक ल्याईदिने छ । यानिकि ईतिहासको पुनाराबृत्ती हुने कुरालाई दुनियाँको कुनै तागत र शक्तिले रोक्न सक्नेछैन। क्रान्तिको बाटो जटिल भए पनि अन्तिममा जित सुनिश्चित हुन्छ
(लेखक नेपाली जन प्रगतिशील मोर्चा कतारका केन्द्रीय सदस्य हुन् )

प्रतिक्रियाहरु