अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण नियमित

२०७१ मंसिर १० गते, बुधबार


काठमाडौ‌,।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार नियमित उडान र अवतरण हुनेछ । सार्क सम्मेलनको लागि बिशिष्ट पाहुनाको आगमन भएको कारण मंगलबार दिनभरजसो नै उडान र अवतरण प्रभावित भएको थियो ।
तर बुधबार बिशिष्ट पाहुनाको ओहोरदोहोर नहुने भएकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहिबार भने विहान ७ देखि १० र दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेकका उडान अवतरण प्रभावित हुनेछन् ।
यस्तै शुक्रबार १२ गते विहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेकका उडान अवतरण बन्द हुने विमानस्थलले जनाएको छ । सम्मेलनको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख ४ विमानस्थल २४ घण्टा खुला गरिने भएको छ । दिनमा उडान भर्न नसकेका आन्तरिक उडानलाई रातको समयमा उडान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार