अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला फागुन १९ देखि

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं । आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक पर्यटक मेला काठमाडौंमा हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल गु्रपले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी फागुन १९ देखि २८ गतेसम्म मेला गर्न लागिएको जानकारी दिएको हो । दश दिनसम्म चल्ने मेलामा इष्टोनिया, मेक्सिको, इन्डोनेसिया, बंगलादेश, श्रीलंकासहित विश्वका १५ भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् ।
लोक संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्ने उद्देश्यले गर्न लागिएको मेला ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, पोखरालगायतका पर्यटकीय स्थलमा पनि सञ्चालन हुने छ ।
पर्यटक कलाकारको स्वागत सत्कार नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित सञ्चालन हुने मेलाले भ्रमण सुरक्षित छ भन्ने सन्देश दिने बताइएको छ ।
एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले मेला अवधिभर कलाकारले आ–आफ्नो संस्कृति झल्कने भेषभुषा लगाई विभिन्न क्षेत्रको पदयात्रा गर्ने जानकारी दिए ।

प्रतिक्रियाहरु