अन्तरप्रदेश परिषद्को बैठक स्थगित

२०७५ भाद्र २३ गते, शनिबार

काठमाडौं , २३ भदौ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दुरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक नै स्थगित गरिएको छ ।मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुले संघीय सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाउँदै अन्तरप्रदेश परिषद्को बैठक स्थगित गरेको बताइएको छ ।
यसअघि पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले संघीय सरकारले अधिकार नदिएको भन्दै आलोचना गरेका थिए । उनीहरुले नागरिकता, राहदानी वितरण र सीमा व्यवस्थापनबाहेक अन्य सबै अधिकार प्रदेश सरकारलाई दिन माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि निजामती दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीहरुसँग असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु