अन्तत गोलमेच सम्मेलन भएरै छाड्ने

२०७१ भाद्र १६ गते, सोमबार


काठमाडौ । संविधान निर्माणमा नेकपा- माओबादीलाइ समाबेस गराउन प्रमुख तीन दल ‘राजनीतिक सभा’ बोलाउन तयार भएका छन् । प्रमुख तीन दलबीच संविधानसभा चुनाव बहिस्कार गरेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन ‘राजनीतिक सभा’ बोलाउने अनौपचारिक समझदारी भइसकेको छ । यद्यपि त्यसको मोडालिटीमाथिको विवाद अझै टुंगिएको छैन । माओवादीले सर्वपक्षीय राजनीतिक सभा भने पनि प्रमुख दलहरु त्यस्तो बैठकको नाम के दिने र क–कसलाई सहभागी गराउने भन्ने विषयमा अझै सहमतिमा पुग्न सकेका छैनन् ।
स्रोतका अनुसार माओवादीले पनि संविधानका अन्तर्वस्तुमा आफूहरुको समेत सहभागितामा सहमति जुटे त्यसको औपचारिक अनुमोदन संविधानसभाबाट गर्न सकिने जनाउ प्रमुख दलहरुलाई दिएको छ ।
प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसी मोर्चाले त माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनु पर्ने औपचारिक निर्णय नै गरिसकेका छन् ।
संविधानसभाको राजनीतिक संवाद समितिले पनि बाहिर रहेका शक्तिहरुसँग वार्ता गर्ने कार्यसूचीमा नै राखेको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी नेता प्रचण्डले यसमा सहमति खोज्न आफैँ पहल थालेका छन् ।‘संविधानसभा निर्वाचन र यो प्रक्रियाको विपक्षमा रहेको नेकपा–माओवादीको मागअनुसार राजनीतिक सभाको तयारी भइरहेको छ’, संवाद समितिका सभापति बाबुराम भट्टराईले शुक्रबार पत्रकारहरुसित भने, मोडालिटी एजेन्डालगायतका विषयमा सहमति हुन बाँकी छ ।’

प्रतिक्रियाहरु