अनेरास्ववियु क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक गिरफ्तार

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौं, १७ बैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
स्वयम्भू प्रहरी कार्यालयले आज दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट अधिकारीलाई पक्राउ गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण सिंहले जानाकारी दिएका छन् ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको , आर्थिक घोटला गरेकोले भन्दै माओवादी निकट अखिल क्रान्तिकारीले गत १५ गते कार्यकक्षमै प्रबेश गरि कालोमोसो दली जनकारवाही गरेको जनाएको थियो । पक्राउ परेका अधिकारिलाइ तत्काल रिहा गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सिंहले कान्तिपथसंग कुरा गर्दै भने, ” देश र जनताको हक अधिकारको लागि लडिरहेका कार्याकर्ताहरुलाई राज्यले विभिन्न बहानामा दु:ख दिइरहेको छ, यसको परिणाम निक्कै नराम्रो हुनसक्छ ।” – दिया चन्द

प्रतिक्रियाहरु