अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी गिरफ्तार

२०७६ श्रावण १४ गते, मंगलवार

काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकन्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाईएको छ । नेकपाले भोली आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटिलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी पूर्व सभाषद समेत हुन् ।
यसअघि साउन ४ गते गिरफ्तार परेका नेकपा उपत्यका व्युरो इन्चार्ज माइला लामाको रिहाईको माग गर्दै नेकपाले भोली बन्द आह्वान गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु