अनावस्यक हिड्नेलाई प्रहरी क्वारेन्टानईनदेखि ६ महिना जेल !

२०७६ चैत्र १७ गते, सोमबार

काठमाडौँ, १७ चैत । आज लक डाउनको सातौ दिन । कोरोना भाईरसको जोखिम कम गर्न भन्दै शुरु गरिएको लक डाउन अरु आठ दिनका लागि थपिएको छ ।
लकडाउनका कराण मजदुरहरु ठूलो समस्यामा परेका छन् । तर भाईरसबाट जोगिन सबैलाई घरैमा बस्न भनिएको छ । अब देखि घरबाट बाहिर निस्किएर जथाभावी हिड्डुल गर्नेलाई पक्राउ गर्ने, प्रहरी क्वारेन्टाईनमा राख्ने र ६ महिना जेल हाल्ने सम्मको चेतावनी सरकारले दिएको छ ।
लकडाउनका कारण देशभरको जनजीवन ठप्प भएको छ । कोरोनाले नेपालमा हाल सम्म ५ जना संक्रमित भएको पुष्टी भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु