अनलाईन कक्षाका नाममा शुल्क उठाउने विद्यालयको गेटमा कालो ब्यानर !

२०७७ असार २९ गते, सोमबार

काठमाडौं , २९ असार । अखिल क्रान्तिकारी बाँकेले अनलाईन कक्षाका नाममा मनोमानि रुपमा शुल्क उठाएको भन्दै एक सामुदायिकसहित ८ वटा विद्यालयमा कालो ब्यानर टाँगेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले लकडाउनको मौका छोपी कमाउ धन्दामा लागेका विद्यालयको गेटमा कालो ब्यानर टाँगेको हो । लकडाउनको समयमा अनलाईन शिक्षाको नाममा मनाेमानी रुपमा शुल्क उठाउने कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विध्यालय, वईस्ट्रन मावि कोहलपुर, बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल चटार, बागेश्वरी ईङ्लिस मिडियम स्कुल मदनचोक, हिमालय विद्यानिकेतन माबि वनकटुवा, आदर्श माबि नेपालगँञ्ज, एबिसि आवासिय माध्यमिक विद्यालय नेपालगन्ज र युनाइटेड सेकेन्डरी स्कुल लगायत ८ वटा विद्यालयमा पहिलो चरणमा चेतावनि स्वरुप कालो ब्यानर टास गरिएको छ ।
सो संगठनले पहिलो चरणमा चेतावनी स्वरुप कालो ब्यानर टाँसेको बताएको छ । बन्दाबन्दीको अवस्थामा विद्याथी तथा अभिभावकसँग लिएको शुल्क फिर्ता गर्न माग गर्दै क्रान्तिकारीले अनावश्यक शुक्क उठाउने कार्य तत्काल बन्द नगरे अझै शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु