अधिकतम तापक्रममा गिरावट

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौं, १ मंसिर । पश्चिमी न्यूनचापीय क्षेत्रको विकास हुँदा मनसुन बदली भई देशभर अधिकतम तापक्रममा गिरावट आएको छ । न्यूनतम तापक्रममा भने कुनै परिवर्तन नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । बंगालको खाडीदेखि बादको विकास हुँदै नेपाल प्रवेश गर्दा न्यूनचापीय असर बढेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । परिणामस्वरुप पश्चिमक्षेत्रमा मौसम बदली र अन्यत्र आंशिक बदली भएको जनाइएको छ ।
पूर्व र पश्चिमका एक दुई स्थानमा शुक्रबार सामान्य वर्षा हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा बिहान ५ बजे वायुको तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रियाहरु