अदालत र घरधनीका कारण सडक मर्मतमा अवरोध

२०७४ श्रावण १० गते, मंगलवार

काठमाडौ , १० साउन । काठमाडौं उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि हाल रोकिएका सडक विस्तार तीव्र हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले खाल्डाखुल्डी पुर्न र सडक विस्तार अघि बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाका निर्माणाधीन सडकको नियमित अनुगमन थालेको छ। अदालतको ‘स्टे अर्डर’ र स्थानीयको अवरोधका कारण महिनौंदेखि उपत्यकाका विभिन्न सडक विस्तार ठप्प छन्। सोमबार मात्रै त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको अनुगमन भएको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार त्रिपुरेश्वर–कलंकी–नागढुंगा (१२.५किमि), चाबहिल–जोरपाटी–साँखु (११.५किमि), ढोलाहिटी–सुनाकोठी–चापागाउँ (७.२किमि), इमाडोल–सिद्धिपुर–गोदावरी (३किमि), कर्मोणासा खोला–हरिसिद्धि (४किमि), लगनखेल–सातदोबाटो (०.८किमि), भैँसेपाटी–नक्खुखोला (३.५किमि) र जोरपाटी–सुन्दरीजल( ७किमि) सडकखण्डको विस्तार कार्य तीन महिनादेखि ठप्प छन्।
आयोजनाले चार अर्ब ६७ करोड पाँच लाख रुपैयाँको लगानीमा डेढ वर्षअघि नै ती सडकको विस्तार कार्य सुरु गरेको थियो। ठेक्का सम्झौताअनुसार अधिकांश सडकको विस्तार कार्य २०७४ को असोजदेखि पुस मसान्तसम्ममा सकिसक्ने भनिएको छ। तर, कार्यप्रगति ३० प्रतिशत पनि छैन।
सरकारी भवन नै बाधक
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डको त्रिपुरेश्वरमा उद्योग विभागले सडक सीमामा परेको भवन नभत्काउँदा काम रोकिएको छ। अनुगमनका क्रममा पुगेका मन्त्री साहलाई काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले यसबारे जानकारी गराएका थिए।
उनका अनुसार सो भवन भत्काउन पटक–पटक आग्रह गरिए पनि सडक विभागले आलटाल गर्दै आएको छ। ‘यसअघि विभागले लिखित वा मौखिक कुनै पनि रूपमा भवन भत्काउने बजेट भएन भनेको छैन, हामीलाई आज मात्र जानकारी भयो, अब तीन दिनभित्र त्रिपुरेश्वरस्थित विभागको भवन भत्काउँछौँ,’ उनले भने। – नयाँ पत्रिकावाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार