अदालतवाट रिहा भए लगत्तै पुनः गिरफ्तार

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई मंगलबार रिहा भए लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई उच्च अदालत विराटनगरले रिहा गरेलगत्तै पुनः सुनसरीबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । उच्च अदालतले रिहा गरेलगत्तै अदालत परिसरबाटै चारै जना नेताहरुलाई गिरफ्तार गरि सुनसरी पुर्याईएको जनाईएके छ ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि मोरङ्गबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । उनीहरुलाई रिहा भएलगत्तै पक्राउ गरि सुनसरी पुर्याईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु