अत्यावश्यक औषधि भित्रिन थाल्यो

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं, ८ मंसिर । नेपाल औषधि व्यावसायी संघले हवाई मार्ग हुँदै अत्यावश्यक औषधि भित्रिन थालेको बताएको छ । सोमबार मात्रै डेढ करोड रुपैयाँ बराबरको औषधि काठमाडौं ल्याइएको संघले जनाएको छ । संघका अनुसार रक्तचाप, मधुमेह, इन्सुलिन लगायत अत्यावश्यक औषधि काठमाडौं भित्रिएका छन् । यी औषधि भारतको हैदरावादबाट ल्याइएको हो ।
औषधिको अभाव चर्किएका बेला विमानबाट ल्याइएका अत्यावश्यक औषधिले केही राहत पुग्ने संघका अध्यक्ष मिर्गेन्द्र मेहर श्रेष्ठले बताउनुभयो । गएको बिहीबारदेखि विमानबाट औषधि ल्याउन थालिएको हो । विमानबाट ल्याइएका औषधि अभाव धेरै भएका ठाउँमा पु¥याउने तयारी छ ।
साइकल वा पैदल मार्फत भएपनि अभाव देखिएका ठाउँ ठाउँमा औषधि पु¥याउन सकिने श्रेष्ठले बताउनुभयो । यस्तै भैरहवा नाकाबाट पनि औषधि भित्रिएको छ ।
झण्डै ५/७ ट्रक औषधि भैरहवा नाका हुँदै काठमाडौं ल्याएको व्यावसायीले बताएका छन् । रक्सौलमा रोकिएका साढे ३ सय ट्रक औषधि भने अर्को रुटबाट ल्याउने तयारी भएपनि अझै आयात हुनसकेको छैन ।

प्रतिक्रियाहरु