‘अझै प्रचण्ड हु’ ,कति हसि मजाक गर्न सकेको – श्यामबहादुर बोहरा

२०७५ श्रावण २६ गते, शनिबार

भरखरै कुनै कार्यक्रममा श्री पुष्प कमल दाहाल जीले”वाहुनहरुले मलाइ पुष्पकमल वनाउन खोज्दैछन जव कि म अझै प्रचण्ड हु “भन्न भ्याउनु भएछ ! मैले त हासै थाम्न सकिन ! बुढेसकाल लागि सक्दा समेत रसिक कुरा गरेर कति हसि मजाक गर्न सकेको ! उट्पट्याङ्ग वोल्नुको पनि अलिकती सिमा त हुन्छ नि ! वास्तविकता त वरु ठिक उल्टो पो छ त!आज कहिलेकाही रिसको झोंकमा वाहुनहरु,दलाल पुजीवादिहरु,यथास्थितिवादिहरु र पस्चगामिहरुले “प्रचण्ड” भन्न पुग्छन भने उपेक्षितहरु,उत्पिडिथरु,महिलाहरु,जनजाती र दलितहरुले तारमतार छर्लङ्ग”श्री पुष्प कमल दाहल”नै देख्छन । किलो दाम्लो चुडालेर ,सर्वहारा श्रमिकहरुको शिविरवाट सुइकुच्चा ठोक्दै भागेर दलाल पुजीवादी संसदवादी शिविरको कारिन्दा वन्न पुगेको कुरा ऐले आएर सवैलाइ स्पस्ट भैसकेको छैन र ? यो तथ्य छोप्नलाइ वडो हैरान भा छ हैन ? “विप्लवसंग थुप्रै आधुनिक हतियार र सेनासमेत भएकाले कठोरता पुर्वक खोजिगरी समात्न” भनेर गृहमन्त्रीलाई निर्देशन गरेको पनि व्यापकरुपले संचारमा आइरहेकाछन । यस्ले निसंकोच यो तथ्य स्पष्ट गर्छकी अब उनी” प्रचण्ड”रहेनन !”प्रचण्ड”को” हिङ वाधेको टालो”सम्मवाकि भैदिएको भए यस्तो कुरा भन्न र गर्न त के सोच्नसम्म पनि सक्थेनन । मुक्त्ती,स्वतन्त्रा,समनता र स्वाधिनताको आवाजदेखी डराएर वरवराउदै यस्लाइ कुल्चने दुस्कर्म प्रतिक्रियावादी हुकुम र फर्मान जारी गर्ने थिएनन । “विचारलाइ वलले ठेगान लगाउने खोज्ने प्रवृति त्यो श्वेत झण्डा मुनिको होस या लाल झण्डा मुनिको पुरातन शामन्ती संस्कृतिकै उपजह हो “। वैदेशिक साम्राज्यवादी मालिकका अगाडि”म्याउ म्यांउ”गर्ने तर निरीह जनता का अगाडि “सिंह झै गर्जने ? विश्व मानव सभ्यताको ईतिहास विर्सी सक्यो?इतिहासको चक्रलाइ रोक्नखोज्ने मुर्खता नगर्दा राम्रो होला।

प्रतिक्रियाहरु