अझै थुक त्यसलाई – सुमनसिंह पौडेल

२०७४ पुष ३० गते, आईतवार

थुक्छौ !
थुक अझै त्यसैलाइ
गाली गलौज गर
नानाभाती कल्पनाहरुको
श्राप बगाउ त्यसै माथी
जहाँ तिम्रो आत्मिक आनन्दको
आत्मारती
तुफान भएर गुज्रिरहेको छ

तिमिलाइ कहिलै ठेस लाग्नु छैन
कहिलै रोदन मच्चिनु छैन
कहिलै पिंडाले सिंचित हुनु छैन
एक निमेषपनि तिम्रो धड्कन बन्द हुनु छैन
तिमिलाइ संधैभरी श्वास फेरिरहनु छ
मानौ तिमिलाइ यो पृथ्बी डल्लोमा
अमृत अजम्बरी भैरहनु छ

तिमी हुरहुर आगोको लप्का जस्तै
गोमन सापको फडा जस्तै
उलटपुलट, रङ्गिबिरङ्गी
रङ्गिन चमत्कारको लालचमा
नतमस्तक बनेर आंफुलाइ बिराजमान ठानिरहदा

मलाइ, त्यो के हो
यहि फिलिङ्गोको
शब्दबोध गराउन इच्छा जागेर आएको छ

त्यो पहाड हो
त्यो शतिसाल हो
त्यो निरन्तर बगिरहने समुन्द्र हो
बेगवान बतास होस
या तुफान, टकराउनु उसको बाध्यता हो
उसलाइ कुनै पल छुट छैन
एक एक बतासको
चर्को घाम र मुशलधारे पानीको
अनेकौं ब्यबधान र अप्ठ्याराहरुको
उसले सामना गरिरहनु पर्छ

जब सम्म यो दुंनिया बांचिरहेको ठान्छ
तब सम्म
बचाउने नियतीको जिम्मा पाएको
बिचार दृस्टिकोण र संघर्षको
पर्तिमुर्ती हो त्यो
समयको सुइ नरोकिए झैं
कहिलै रोकिन नपाउने कालजयी समय हो त्यो

त्यो पहाड बनेर उभिरहनु पर्ने
समुन्द्र बनेर बगिरहनु पर्ने
तिम्रा आडम्बर हरुको चिहान खन्न
फिलिङ्गो बनेर बल्न खोजिरहनु पर्ने
आगो बनेर बलिरहनु पर्ने
जब सम्म विभेद रहन्छ
तब सम्म बांचिरहनु पर्ने अजिब बाध्यता बोकेको
क्रान्तिकारी हो त्यो
जसलाइ एक सेकेण्ड आफ्नो बारेमा सोच्ने
फुर्सद कहिलै मिलेको छैन….
थुक्छौ!
अझै थुक त्यसलाइ…

प्रतिक्रियाहरु