अजयमेरु संग मनको प्रभातफेरी – भौतिक मल्ल

२०७२ बैशाख १८ गते, शुक्रबार

निधारमा चिट चिट पसिना र मनमा थोरै खिन्नता र ठुलो नैतिक संकटसंगै असहज स्थीती पैदा भएको छ ।मनको अंक गणितले अप्ठेरो हिसाव हानीरहेछ ।लाग्छ असफल्ता को जोड घटाऊ गरीरहेछ सायद प्राय यस्तै हुन्छ ।
मेरो जिवन चक्रमा थुप्रै कठिनाई हरु छिचोलेर मात्रै संभव छ जुनकिरीको यात्रा ।करीब एक हप्ता अगाडी फोनमा कुरा र थप सल्लाहा भएनुसार डढेलधुरा जाने कुराको मुर्तिकृत पलान बनेर लिने गाडीको ब्यबस्थापन तिर जुटेको थिए ।
आफुसंग नभएपछि अरुको साधनको भर पर्नु आकाशको बेल पाक्ला र खाँउला भने जस्तै हो ।एकदुई जना मन मिल्ने साथीहरुसंगको अनुरोधपछि पात हल्लीसकेको थियो ।
अब त्यही थोत्रो लिनुको बिकल्प थियना ।एकपटक काहोलपुरका देवेन्द्र आचार्य भाईसंग फोन गरेँ उठाएर आलटाल गरेर कटाए र अर्को चोटी उठाएनन ।
अन्तमा जानु भन्दा अगाडी दाई किशोर संग अनूरोध दोह्रयाएको थिए ।तर संभव भएन ।अन्तमा सार्वजानिक गाडीको प्रयोग बाहेक सबै भ्रम भए ।
यात्रामा झमेला त्यती अस्वभाबिक हैन ।तै पनि फरक खालको अनुभुति चैँ हुन्छ । हुनत यात्रा भन्ने बितिकै अनबरत अनुभुति भन्ने बुझछु ।
जिवनका कयौँ बसन्त यात्रामै बिताएको छु ।नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब तथा हाम्रो संगठन क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अदक्ष्य प्रभात चलाउने जो मेरो गुरु तथा अभिबाक पनि हुनुहुन्छ । यात्रा संगै एउटा अबसर मिलेको छ ।
यात्रा अबसरमा परिणत भएको महशुस गरेको छु ।थोत्रो यामाहालाई एकजना साथीको जिम्मा लगाँउदै दुईभाई को यात्रा कोहलपुरबाट शुरु भयो ।
बिचमा कतै नरोकिएर सिधै अतरिया कैलाली पो पुगिएछ । पत्तै भएन भुसुक्क निदाईएछ निन्द्राले गर्दा बिचमा पर्ने राष्टीय निकुन्जका र कणार्ली पुलको दृश्य आँखामा कैद गर्नै पाईएन ।हामी अतरीया पुग्दा चार बजिसकेको थियो । डढेल्धुराको लागी त्यती बाक्लो गाडीहरु पनि नपाईदो रहेछ ।
दाईले बाईकको प्रबन्ध मिलाउनु भयो ।नेपाल पत्रकार महासंघ शुदुर पश्चिमकका संयोजक प्रकाश शाह लाई भनेर ।एक घण्टा को कुराईले सार्थकता प्राप्त गर्याे प्रकाश सर आएर हामीलाई बाईक हस्तान्त्रण गर्नु भयो ।
डढेल्धुरा भन्ने बित्तीक्कै भिमदत्तको नाम आँउछ हरेकको जिब्रोमा भिमदत्त नै देखीन्छन अगाडी र शुरु भयो भिमदत्तको छाती माथी डढेल्धुराको यात्रा करिब घडिको सुई अंक पाँचको रेखामा दौडीसकेको थियो ।
कति लाग्छ ?होला मनमा खुल्दुली गाँठो परेको थियो । चार पाँच घण्टा जति लाग्ला गाडीमा । मैले अगाडीनै सोधीसकेको थिए ।मनलाई पाँच घण्टाको लागी बाँधीसकेको थिँए ।
आखीर मन न हो बाँधेर बाँधीने कुरा थिएन ।शुरु भयो भिमदत पन्त संगै गोदावरीको लोभलाग्दो जंगल सल्लेरी पाखा हुदै र भासुको डरलाग्दो भिरमा फोटा खिच्दै पार गर्दाको अनुभुति सहजपुरमा सौगात दाईलाई सम्झदाको क्षण भनि साध्य छैन ।
बिस्तारै रातले अंकमाल गर्दै थियो चौतर्फी प्राकृतिक सौन्दर्यतिर दौडीएका हाम्रा आँखाहरु सुस्त सुस्त गाडीको लाईटको दृश्यमा सिमित हुदै थिए ।छालाले पनि स्पर्श फेरीसकेको थियो चिसो चिसो अनुभुति हुदैथियो ।
लाग्छ रात पनि बाक्लीदै थियो ।रात संगै अर्को भिन्न अनुभुति चिसानुभुति बाक्लीदै थियो । थुप्रै डाँडा गोला गल्छेडा घुम्ती मोड हरु पार गर्दै स्याउली बजार पार गरयिो लाग्यो प्राकृतीकको अजय किल्ला डढेल्धुरा साढे दश बजि सकेको हुँदोहो स्वागतको लागी हातमा फुल माला र पुष्प गुच्छा लिएर गणेश जी मदन जी लगायत साथीहरु कुरीरहनू भएको रहेछ ।
अलि ठटौली पाराका बोल्नमा खपीस मित्र गणेश जी लाई चिन्ना खासै समास्या परेन । शुदुर पश्चिम कै मात्र हैन नेपालकै एक इतिहाँसको किल्ला हो अमरगडी किल्ला डढेल्धुराको पहिचान र भिमदत पन्तको जन्म भुमि अर्को पहिचान छ राजा नाग मल्लको अजय मेरु जो संग हृदयदेखी नै साक्षात्कार गर्ने अबसर मिल्दैछ । मन चंगा चंगा भएको छ ।पर्यटकिय हिसाबले एउटा आर्कषणको बिन्दु संग सुक्ताखेरी गर्नु छ ।
नबिन होटलको बास सार्थक नै भयो । बिहान अमरगढी किल्ला र उग्रतारा अवलोककन गरेर कार्यक्रम स्थल अजयमेरु जाने भन्ने कुरा को सेटिगं मिलाउनु भएको रहेछ ।
राती अबेर सम्मा प्रभात दाई र मित्र गणेश जी गफीदै हुनुहुन्थ्यो ।डढेलधुराका आन्तिरीक र बाहय कुरा सेर गर्दै हुनुहुन्थ्यो सायद म त भुसुक्क निदायछु ।
एकैचोटी बिहान क्षितिजको पर्दा खुुलेपछी पो ब्युझीएँ ।बिहानको चिया नास्ता पछि शुरु अमरगढी बाट गर्ने भन्ने कुरा भयो । र हामी केही साथीहरु सहित उक्लीयौँ अमरगढी किल्ला जिल्ला प्रहरी कार्यलयको अगाडी एउटा सानो नेपाली सेनाको टुकुडी सहित बडाकाजी अमरसिं थापाको सालीक जहाँ कुदीएको थियो ।
म बाघको डमरु हुँ मलाई सिनु खाने कुकुर नसम्झ ।।अमरसिं थापा र उनको अमरगढी किल्लाको बिषयमा मैले जति लेखे पनि अधुरै हुन्छ ।
इतिहाँसमा पढेका उनिलाई उनको कर्म र मर्म भुमीमा पुगेर स्पर्श गर्न पाँउदा मन कति प्रफुल्लीत थियो भनी साध्य नै छैन ।
गेटबाट शुरु भएको हाम्रो फोटो शेषण उनका मजबुत बलीया र ऐतिहाँसिक बंकर ,सुरुगंहरुमा समेत जारी रहयो ।उचित ब्यबस्थापन को कमीले संग्रहीत हुनेकुराको समास्या नै देखिए जस्तो अनुभुति गरीयो ।
फौजी हिसाबले मजबुत उक्त किल्लालाई संरक्षणमा अझै जोड दिनुपर्ने कुराको आत्मबोध गर्दै लागीयो जंगलको बाटो भिमदत्त पन्तको गाँउलाई नजर अन्दाज गर्दै शुरु भयो कच्ची रोडको यात्रा साथीहरु स्थानिय भएको कारणले बाटो नभुलीएला भन्ने कुरामा क्रमभंगता हुदै बिचमा बाटोे भुलेर थोरै अल्झन पैदा भयो । तर मलाई भने आनन्द लागीरहेको थियो फरक ठाँउ फरक अनुभुती र फरक यात्रा गणेश जी अली संकटमा भन्दै हुनुहुन्थ्यो सरहरुलाई भ्रमण हुन्छ ।
करीब डेढ घण्टाको हिडाई पछि आयो अजयमेरु गाँउ जहाँ हाम्रा स्थानिय संगठनका साथीहरुले प्रभात दाईको लागी हातमा फुलमाला लिएर स्वागतको तयारी गरीरहनु भएको रहेछ ।
मलाई प्रकृतिले रंग फेरीरहेको जस्तै अनुभुति भईरहेको थियो ।फोटा संगै देश खिचीरहेको छु देशसंग शुदुरपश्चिम र डढेल्धुरा खिचिरहेको छु । अंह अजयमेरु सित नेपाल खिचिरहेको छु ।
प्रभात दाई पसिना पसिना भएर पनि शितल अनुभुति गरीरहेको पाईरहेको थिए अजयमेरुसंग उहाँका आँखाहरु अति ब्यस्त देखिन्थे ।सायद मन त्यो भन्दा बडी नै ब्यस्त थियो ।
लाग्छ दुनियाँ बोकेर नचिनिएको नेपालको छातीमा अनुभुतिको सप्तरंगले होली खेल्नु छ ।केही समय पछी ।पर पर सम्मा देखीएका डाँडा काँडाहरुसित मितेरी जोडनुछ जिन्दगीको अभिलेखसंग सजाउनुछ मुटुभरी देशको माया बस जम्बो पत्रकार टोली सुरक्षा निकाय र स्थानीय बासीन्दाहरु सहित पुगेको डढेल्धुरेली कर्मचारीहरुको टोली अजयमेरुको उँकालो सोझीसकेको थियो ।
लगभग आधा घण्टाको उँकालो पछी उक्लीयो राजा नाग मल्लको ऐतिहाँसीक भुमी अजयमेरु दरबार झटट हेर्दा पखाला चलेको बिरामी जस्तै दाँत झरेको बृद्ध र कुपोशन लागेको तन्नेरी जस्तै कतै अशान्त कतै अचैन जस्तो देशलाई गिज्याईरहेको ठुला ठुला क्यामरा र भुडीवाल मान्यजन हरुसित जिस्की रहेको जस्तो उराठ उराठ दृश्य निरस निरस दृश्य वरीपरी नदलिे घेरेको पहाडको ढिस्को जहाँ मृत्युपरण्त जिवीत ऐतिहाँसीक ढुंगाको थुप्रोे माथी १५ २० जना सुरक्षा फौँजले कार्यक्रम स्थल बनाईरहेका देखिन्थे ।
अरु बाँकी क्यामरामा झुम्मीरहेका देखीन्थे ।यो अन्धाहरुको देश हो यहाँ आँखा भएकाहरुलाई दृश्यले गिज्याँउछ ।जुनले सराप्छ ताराले धिकार्छ ।त्यही अर्को नाटकसंग मन्चन गरीरहेको थियो ।
अजयमेरुले ।आफनै बिना नचिन्ने कस्तुरी हरुलाई सम्झाई बुझाई गर्दै हुनुहरन्थ्यो कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ का सचिव दाजु प्रभात चलाउने कान थापेर सुनीरहेका मानिन्थे प्रमुख जिल्ला अधीकारी र त्यहाँका कर्मचारी र स्थानिय मुकदर्शकहरु ।
टुपी चटकाउने घाममा पनि दृश्य नं ३ सुरक्षित देखिन्थ्यो ।नेपाल पत्रकार महासंघले गरेको उक्त कार्यक्रमपछी क्रान्तिकारी पत्रकार संगठन डढेल्धुराले लामो समय संचार क्षेत्रमा योगदान पुय्राँउदै आएका संगठनका केन्द्रीय सदस्य मित्र गणेश रोका र हाम्रा संगठनका अदक्ष्य प्रभात चलाउनेलाई दोसल्ला ओडाएर सम्मान कार्यक्रम राखेको थियो ।
हाम्रो संगठनको कार्यक्रममा अलिकति बधाई मन्तब्य सहित हल्ला गर्ने अबसर मलाई पनि प्रदान गरेको थियो ।भित्रभित्रै अनुभुतिले काकाकुल बनेको त्यो स्थीतीमा थोरै भएपनि पौडने र बग्ने मौका दिएकोमा हाम्रो संगठन क्रान्तिकारी पत्रकार संगठन नेपाल डढेल्धुरालाई सलाम र साधुबाद टक्राए त्यो भन्दा बढी साधुबाद मेरा जिवन पुस्तकका अर्का गुरु दाजु प्रभात चलाउनेलाई टक्राँए जस्ले यो अबसर जुराई दिनु भयो ।
भिमदत्त पन्तको क्रान्तिकारी भुमी अमरसिं थापाको अजय किल्ला राजा नाग मल्लको आफनै शाषण सैलीले चर्चीत र अब्यस्थीत किल्ला संग जोडिएको देशको ऐतिहाँसीक सम्भावना सुन्दर स्वर्निम युगमा दस्तावेजीकरण गर्ने हो भने नेपालभर बाट मात्रै हैन संसारभर बाटै पर्यटकहरुको ओईरो थामीनसक्नुको हुनेछ ।र त्याहाँ पुग्नेछन ।
प्रसस्त ऐतिहाँसीक सम्भावना भएर पनि नचिनिएको डढेल्धुरालाई दुनियाँले नजिकबाट चिन्ने छन ।तिन चार ओटा कार्यक्रमहरुको सेडुल बिस्तारै सकिदै थियो ।
दुश्य नं ४ भोजमा गएर टुंगीदै थियो ।त्यतीबेलाका निरंकुश राजा नाग मल्लको बैठक स्थल मानिने खोलाको किनारमा ठुला ठुला ढुंगाको ऐतिहाँसिक प्रतिक्षालय नेर आयोजन गरीएको थियो ।
अनुभुति र गर्मीको एकोहोरो चुटाई पछि भोजन र्कितन गरीयो र वाई वाई अजयमेरु गर्दै टोली सोजीयो उंकालो मनको प्रभातफेरीलाई त्यही स्थगीत गर्दै फेरी भेटने वाचा सहित अजयमेरु अमरगढी र भिमदत्त बाट तस्बीरमा अनुभुतिका काँडा उर्मादै झरीयो कैलाली कञ्चनपुर को तातो रापमा दुई पांग्रेमा सरर ।
– See more at: http://dabalinews.com/archives/12418#sthash.0AINQczU.dpuf

प्रतिक्रियाहरु