अख्तियारको आँखा भू–माफियाले प्लटिङ गरी बेचेको जग्गामा

२०७६ फाल्गुन ५ गते, सोमबार

काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा सिमरा–४ स्थित सार्वजनिक मसानघाटलाई भू–माफियाले प्लटिङ गरी बेचेको जग्गामा छानबिन सुरु गरेको छ । सिमरा ४ स्थित सार्वजनिक मसानघाटको जग्गा कानुन विपरित किर्ते गरी प्रोपर्टी म्यानेजमेन्ट प्रालिले प्लटिङ्ख गरी बेचिरहेको समाचार आएपछि आयोगले छानबिन सुरु गरेको हो । आयोगको टोलीले मसानघाट स्थलगत अवलोकन गर्नुका साथै मालपोत र नापी कार्यालय सिमराका कागजपत्र छानबिन गर्न थालेको हो । नापीसहित सहसचिवको टोलीले सम्बद्ध कार्यालयबाट प्रमाण संकलन, स्थलगत अवलोकन, र स्थानीयसँग रायसमेत लिएको छ । फिल्डबुक श्रेस्तामा स्पष्ट मसानघाट लेखिएकोे जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा जग्गा १६ टुक्रा बनाइ प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो । मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को उक्त जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाले किर्ते गरेर प्लटीङ्ख गरी बेचेका थिए ।
जिल्ला प्रशासन कार्यालय बारा र जितपुर सिमरा बडा नम्बर ४ को कार्यालयले समेत उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाएको छ । उद्योगपति तथा बिरगंज महानगरका मेयर बिजय सरावगी, एभरग्रिन तराई हस्पिटल, सुनिता अग्रवाल लगायतका नाममा र बाँकी जग्गा प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिका संचालक इच्छाबहादुर बाग्लेको नाममा फिल्डबुकमा उल्लेख रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार