अखिल क्रान्तीकारीद्वारा स्वास्थ्य शिबिर संचालन

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । अखिल क्रान्तीकारी काठमाडौँ बिश्वबिद्यालय क्षेत्रीय समन्वय समितिको आयोजना तथा जनगणतान्त्रिक काठमाडौँ – दैलेख सम्पर्क मन्चको व्यवस्थापनमा दैलेखको ठाटीकान्धा गाउपलिकामा दुई दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । शिबिरमा आँखा , दात , प्रसुतिलगायतका सम्पूर्ण रोगको निशुल्क जाच गरी निशुक औषधि बितरण गरिने बताइएको छ । नेकपा दैलेखका सेक्रेटरी बिबेक र अखिल क्रान्तीकारीका सचिबालय सदस्य नरेन्द्र बिकले संयुक्त रुपमा उदघाटन गरेर सुरु गरिएको उक्त शिबिरमा आज १५०० जनाले निशुल्क जाच गराई निशुल्क औषधि लिएका छन । नेपालगंज मेडिकल कलेज को डाक्टरहरु द्वारा चेकजाँच गरिने उक्त स्वास्थ्य शिबिर भोलिसम्म चल्ने बताइएको छ ।

प्रतिक्रियाहरु