अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौँ, १८ वैशाख । नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको अयोजना गरि उसले हिरासतमै अनशन बसेका आफ्ना केन्द्रिय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारीलाई तत्काल रिहा गर्न माग गर्दै सो आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय महासचिव दिपेन्द्र चलाउनेले करिब ३० घण्टाभन्दा बढी समयदेखि पानी समेत नखाई अनशनमा बसेका गौतममलाई यथासिघ्र रिहाइको माग गर्दै संघर्षको घोषणा गरे । महासचिव चलाउनेले आफ्नो माग तत्काल सम्बोधन नभए अवस्था झन् जटिल हुने चेतावनी समेत दिए ।
अधिकारी स्वयम्भुस्थित प्रहरी कार्यालयमा अनसनमा बसेका छन । उनि भ्रष्ट जिशिअमाथि कारवाहीकाे माग गर्दै हिरासतमै अनसनमा बसेका हुन् ।
माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले आज विज्ञप्ति जारि गरि अधिकारीको रिहाइको माग गरेपनि प्रहरी प्रशासन मुखदर्शक भएको भन्दै थप आन्दोलनको घोषणा गर्न आजै पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।
उपत्यका संयोजक विश्वकर्माद्वारा हस्तारिक्षित विज्ञप्तिमा भनिएको छ, ” जिम्मेवारीपुर्वक कार्यक्षेत्रमा खटिदै गरेको अवस्थामा काठमाडौँ जिल्ला प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई २०७३/१ /१७ गते जोरपाटीबाट गिरफ्तार गरि स्वयम्भू प्रहरी परिसरमा राखिएको छ,जुन कुरा हाम्रा लागि सह्य हुदैन ।”
अगाडी लेखिएको छ, ” बिना कारण गिरफ्तार गरिएका संगठनका केन्द्रिय सदस्य प्रकाश अधिकारीले ३० घण्टाभन्दा बढी समयदेखि पानी समेत नखाई भोक हडताल गर्नुभएको छ, तर प्रशासन मुकदर्शक भएर बसिरहेकोप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । बिना कारण झुट्टा मुद्दा लगाएर गिरफ्तार गरिएका अधिकारी द्वयलाई तत्काल रिहाइको जोडदार माग गर्दा पनि प्रशासनले चासो नदेखाएका कारण संघर्षमा जान बाध्य भएका छौ ।”
संघर्षका कार्यक्रमहरु अन्तर्गत (क्रान्तिकारी)ले बैशाख १९ गते प्रचारप्रसार गर्ने, २० गते जिल्ला शिक्षा कार्यालय घेराउ गर्ने, १२ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडी बिद्यार्थी प्रदर्शन गर्ने जानाइएको छ । यतै वैशाख २२ गते जी. शी. का. कर्मचारीलाई कार्यालय प्रबेशमा रोक लगाउने तथा २३ र २४ गते सैक्षिक सस्था प्रशासनमा तालाबन्दी गर्ने र २५ गतेदेखि सैक्षिक सस्थामा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु