अखिल (क्रान्तिकारी)द्वारा अभिभावकमाथि शुल्क तिर्नका निम्ति दबाब नदिन चेतावनी

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ , २१ असार । अखिल (क्रान्तिकारी) मेची – कोशी क्षेत्रीय समन्वय समितिले शिक्षाका नाममा दलाली गर्न पल्किएका शैक्षिक दलालहरुले शिक्षक र कर्मचारीहरुको श्रम र पसिनालाई अवमुल्यन हिजो बाटै गर्दै आएको बताउदै अव्यवस्थित किसिमको पठन–पाठन आफ्नो लुटको स्वर्ग कायम राख्न गरिएको प्रपञ्च मात्र भएको ठोकुवा गरेको छ । उसले कोरोना महामारीका कारण जनताको दिनाचार्य नै कष्टपूर्ण बन्दै गइरहेको समयमा निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन चेतावनी समेत दिएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी) मेची – कोशी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्प न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) शैक्षिक क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका निम्ति उचित पहलकदमी लिने साथै राष्ट्रियताको पक्षमा वकालत गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ति सदैव संघर्षको अग्रपङ्तिमा रहेर निरन्तर अघि बढिरहेको कुरा जगजाहेर नै छ ।
यति बेला कोरोना महामारीका कारण विश्व नै प्रभावित बनेको छ । यस महामारीका कारण हाम्रो देश नेपाल पनि यसको प्रत्यक्ष प्रभावमा परिरहेको छ । एकातिर यति बेला शिक्षण संस्थाहरु बन्द रहेका छन् , सरकारले समेत वैज्ञानिक र व्यवस्थित तवरले विद्यालयहरु सञ्चालन गर्न सकिरहेको छैन भने अर्कातिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै भर्नाका नाममा शुल्क नलिन निर्देशन समेत गरिसकेको अवस्थामा शिक्षालाई सेवाका नाममा लुटेर आफ्नो साम्राज्य कायम राख्न पल्केको निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनले अनलाइन शिक्षाका नाममा अभिभावकहरुलाई शुल्क तिर्न आह्वान न गर्नु गलत छ । यस कदम प्रति हाम्रो संगठन भत्र्सना एवं खेद प्रकट गर्दछ साथै पूर्वका झापा,मोरङ,सुनसरी, धनकुटा,इलाम,पा“चथर,ताप्लेजुङ,तेर्थुमका ८ जिल्लाहरुमा तत्काल यस गलत निर्णयलाई सच्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदछा“ ।
५ , ६ वर्षको अन्तरालमा आलिसान भवन र चिल्ला गाडिमा गुड्ने क्षमता राख्ने शिक्षाका नाममा दलाली गर्न पल्किएका शैक्षिक दलालहरुले शिक्षक र कर्मचारीहरुको श्रम र पसिनालाई अवमुल्यन हिजो बाटै गर्दै आएको हो , बरु यहा“ त शिक्षकहरु प्रयोग गर्दै अव्यवस्थित किसिमको पठन–पाठन आफ्नो लुटको स्वर्ग कायम राख्न गरिएको प्रपञ्च मात्र हो । कोरोना महामारीका कारण जनताको दिनाचार्य नै कष्टपूर्ण बन्दै गइरहेको समयमा निजि शिक्षण संस्थाहरुको छाता संगठन प्याबसन, एन–प्याबसनलाई अभिभावकहरु माथि शुल्क तिर्नका निम्ति दबाब नदिन चेतावनी दिन चाहन्छौ ।
साथै , कोरोना महामारीका कारण माध्यमिक तह देखि विश्वविद्यालय तह सम्मका परिक्षाहरु हुन नसक्दा विद्यार्थीहरु मा“झ अन्योलता छाइरहेको अवस्थामा यसको उचित व्यवस्थापनका निम्ति सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदै निम्नलिखित संघर्षका कार्यक्रम घोषणा गर्दछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु