अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यकाको अध्यक्षमा प्रज्वल शाही

२०७५ मंसिर २२ गते, शनिबार

काठमाडौं , २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्लाको छैटौं सम्मेलन शुक्रबार सम्पन्न भएको छ । उक्त सम्मेलनले प्रज्वल शाहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । काठमाण्डौंको बालाजुमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा डीबी चन्द, सचिवमा सन्तोष खड्का, सहसचिव लक्ष्मण बिक र कोषाध्यक्षमा सन्तोष सोनी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रजित बि.क., मेखराज नेपाली, नविन विष्ट, संग्राम शाही, गगन आचार्य, यशोदा बम, हस्त ओड, बुद्धि बिक, निरन्जन आचार्य, हिमाल बिक, भुपाल बिक, जनक सार्की, सबिन सापकोटा, पूर्ण बिक, र सदन मगर छन् । नेकपाका केन्द्रीय सदस्य आजाद, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललगायतका नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु