अखिल (क्रान्तिकारी) ललितपुरकाे जिल्ला सम्मेलन सम्पन्न

२०७६ मंसिर २८ गते, शनिबार

काठमाडौं २८ मंसिर । अखिल (क्रान्तिकारी) ललितपुरको २४ औं सम्मेलन सम्पन्न भएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले शैक्षिक क्षेत्रमा देखिएका देखिएका बिकृति र राष्ट्रघात विरुद्ध संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २४ औं सम्मेलन सम्पन्न गर्दै अखिल क्रान्तिकारी, ललितपुरले संघर्षको घोषणा गरेको हो ।
अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा जनस्वास्थ्य कर्मी महासंघका महासचिव प्रकाश चन्द बिशेष अतिथीको रुपमा उपस्थित थिए ।
क्रान्तिकारीको २४ औं सम्मेलनले अग्रीमको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको पदाधिकारीमा निर्माण, अनुपम, निश्चल, मिसन क्रमशः उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बनेको संगठनले जनाएको छ । उद्घाटन र बन्दसत्र एकै दिन सम्पन्न गरेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा जिल्ला नेता तथा जवस फ्राक्सन इन्चार्ज प्रतिवद्ध र अखिल क्रान्तिकारीका उपत्यका संयोजक हर्क बिकको उपस्थिति रहेको थियो । सम्मेलनबाट निवर्तमान जिल्ला अध्यक्ष बिनोद लुइँटेललाई बिदाइ कार्यक्रम पनि गरेको संगठनले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु