अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा रोका निर्वाचित

२०७६ पुष ११ गते, शुक्रबार

काठमाडाैँ, ११ पुस । वैदेशिक हस्तक्षेप, सामाजिक फासिवाद र शैक्षिक माफियाकरणको विरुद्ध हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनको लागि २३ औं जिल्ला सम्मेलन भन्ने नारासहित १२७ औं माओ दिवसको अवसरमा अखिल (क्रान्तिकारी) रुपन्देहीले आफ्नो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव प्रकाश शाहिले नेपालमा माओको आवश्यकता खड्केको भन्दै त्यसको पुर्णता अबको एकीकृत जनक्रान्तिले त्यो नेतृत्व र नेपालको मुक्ति दिने बताए। शिक्षा क्षेत्रमा देखिएको बिकृती बिसङती, राजनीतिकरण, ब्यापारीकरणको अत्य गर्दै नयाँ जनवादी शिक्षा स्थापना गर्नु अबको लक्ष्य रहेको बताए । उनले देशलाई बेच्ने, भ्रस्टाचार गर्ने, ठगी गर्नेहरुलाई प्रतिबन्ध लगाउनुपर्ने भन्दै पार्टीमाथी लागेको प्रतिबन्धलाई प्रतिरोध गर्न युवा र विद्यार्थीहरु संगठित हुनुपर्ने आवश्यक रहेको बताए । उनले अबका विद्यार्थीहरु अमेरिका, अस्ट्रेलिया र जापानका सपनाहरु होईन यहि देशलाई बदल्ने सपनाहरु देख्ने र यहि भविस्य खोज्नुपर्ने बताए, उनले थपे “विद्यार्थीको भबिस्य यो व्यवस्थाले बिदेशमा राम्रो देखाउछ, उज्यालो भविस्यको लागि हामिलाई बैज्ञानिक समाजवाद चहिन्छ र त्यही ल्याउन हामि क्रान्तिको बाटोमा छौं ।”
सम्मेलनमा बोल्दै नेकपाका जिल्ला इन्चार्ज संगम पुनले विद्यार्थीहरुले अबको क्रान्तिलाई महत्त्वपूर्ण योगदान गर्नुपर्ने भन्दै आफुहरु बैकल्पिक सत्ताको अभ्यासमा लागेको भन्दै प्रदेशको सट्टामा स्वायत्त राज्य, सेना प्रहरीको सट्टामा जनमुक्ति सेना, सरकारको सट्टामा जनपरिषदलाई सक्रिय बनाएको उनले बताए ।
सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका सेक्रेटरीले अमरले चिनको गरिब परिवारमा जन्मेर पनि बिश्वलाई एउटा दर्शन र सारा गरिवहरुको उन्मुक्तिको लागि लडेको स्मरण गर्दै विद्यार्थी जिवनबाट देशको सुदुर भविष्यको कस्तो बनाउने भन्ने योजना बनाउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले धेरै समयदेखिका आन्दोलनले राजनीतिक परिवर्तन गरेपनि राज्यसत्ता परिवर्तन हुन नसकेको बताए ।
कार्यक्रममा थारु मुक्ति मोर्चाका नवीन थारु, संगठनका केन्द्रिय सदस्य बिरेन्द्र वि.क. लगायतले बोलेका थिए । सम्मेलनले गोपाल रोक्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला नेतृत्व चयन गरेको छ । यस अघि उपाध्यक्ष रहेका रोका ईन्जिनियरिङ्गका विद्यार्थी पनि हुन । सम्मेलनमा जिल्लाभरका १ सय प्रतिनिधि पर्यवेक्षकको उपस्थिती रहेको थियो । जिल्लाका तत्कालीन अध्यक्ष रमेश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु