अखिल (क्रान्तिकारी ) राेल्पाकाे बैठक सम्पन्न

२०७६ भाद्र २७ गते, शुक्रबार

काठमाडाैँ, २७ भदाै । अखिल (क्रान्तिकारी ) राेल्पाले जिल्ला समितिकाे बैठक सम्पन्न गर्दै विभिन्न निचोडहरु निकालेको छ । अखिल (क्रान्तिकारी) ले रोल्पा झन् बढी दलाल र भ्रष्टहरुको अखडा बनेको भन्दै शिक्षा क्षेत्र मात्र हेर्ने हो भने उनिहरुकै नियमावाली ,ऎन र संबिधान कुल्चिदै तपशिलको गतिविधि गरिरहेको निचोड निकालेको छ । प्रति विद्यार्थी बढीमा रु. ५०० मा तयार हुने SEE सटिफिकेट रु. १०००-१८००० सम्म तिर्न बाध्य बनाएको, माध्यमिक शिक्षा नि: शुल्क भनिएको छ । तर भर्ना र परिक्षा शुल्क रु ५००० सम्म लिएको छ, अनुदान ,राहत, निजिस्रोत शिक्षक नियुती र स्थायी शिक्षक सरुवा गर्दा शिक्षा ऎन निवालीको आधारमा गरिनुपर्छ तर राजनैतिक आधारमा गरिएको छ, विद्यालय समय भित्र नै शिक्षण गरेर समयमै कोर्स सक्नुपर्छ । तर केही शिक्षकहरुले कोचिङ र ट्युसनको नाममा चर्को शुल्क असुली गरिरहेका बताएको छ ।
त्यस्तै विद्यालयमा वितरण गरिने भौतिक पुर्वधारका बजेटहरु आवश्यकताका आधारमा गरिनुपर्छ । तर सत्ता र सत्ताको आधारमा गरि भ्रष्टाचारलाई मलजल गरिएको, विषयगत र योग्य शिक्षक हुनुपर्छ । तर केही शिक्षण संस्थाहरुमा विषय नमिल्ने र अयोग्य शिक्षक राखिएको , जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रावृती दिने व्यावस्था छ । तर कुनै शैक्षिक संस्थाले नदिएको लगायतको उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु