पाटन क्याम्पसको अध्यक्षमा ललितजंग

२०७५ श्रावण ५ गते, शनिबार

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस इकाईको अध्यक्षमा ललितजंग निर्वाचित भएका छन । हालै सम्पन्न सम्मेलनले ललितजंग बमको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । सम्मेलनले उपाध्यक्षमा उमेश कोइराला, सचिवमा रविन न्यौपाने, सहसचिवमा सविन्द्र देउला र कोषाध्यक्षमा दुर्गाप्रसाद मौरियालाई निर्वाचित गरेको छ ।
संगठनका महासचिव प्रकाश शाहीले सम्मेलनको उद्घाटन गर्दै वैज्ञानिक समाजवादमा मात्रै आम नागरिकका छोराछोरीले वैज्ञानिक शिक्षा प्राप्त गर्न पाउने भन्दै त्यसको लागि विद्यार्थीहरुले पढाई सँगैसँगै राजनीतिक संघर्षमा लाग्नु पर्ने बताए ।
अखिल क्रान्तिकारी ललितपुर इन्चार्ज लोकेन्द्र बिष्ट, संयोजक बिनोद लुईटेल काठमाडौ जिल्ला अध्यक्ष दर्शन नेपाली, काठमाडौं क्याम्पस जिल्ला अध्यक्ष उसाकिरण आजादलगायतका विद्यार्थी नेताहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष बमले शैक्षिक माफिया, दलालविरुद्ध संघर्ष नगरी वैज्ञानिक शिक्षाको कल्पना गर्न नसकिने बताउँदै त्यसविरुद्ध निमर्म संघर्ष गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु