अखिल (क्रान्तिकारी) द्वारा केन्द्रिय अध्यक्ष, कोषाध्यक्ष लगायतलाई तत्काल रिहाइ गर्न माग

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । अखिल (क्रान्तिकारी) दाङले संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि. क. लगायतलाई स्ववियु केन्द्रित छलफल गरिरहेको अबस्थामा काठमाडौको विभिन्न ठाउँबाट गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न मागपत्र बुझाएको छ । गैरन्यायिक रुपमा गिरफ्तार गरि अभद्र व्यवहार जस्तो झुठो मुद्दा लगाइ राजनैतिक आस्थाको आधारमा बन्दी बनाइरहेको विषयमा संगठनको केन्द्रिय कार्यक्रम अनुसार अाज महेन्द्र बहुमुखी क्याम्पस दाङमा मागपत्र बुझाएको र जिल्ला प्रशासन कार्यालय दाङमा मागपत्र पठाइएको जनाएको छ । अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष अनिल केसीकाे हस्ताक्षरित मागपत्र अाज महेन्द्र बहुमुखी क्याम्पस प्रशासनलाई मागपत्र बुझाइएको र जिल्ला प्रशासन दाङमा मागपत्र पठाइएकाे छ ।
मागपत्रमा गैरन्यायिक गिरफ्तारी रोकि, झुठा मुद्दा खारेज गरि बन्दी जीवन बिताइरहनु भएका संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र वि. क. लगायत संगठनका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकहरु सबैलाई बिना सर्त रिहाई गरि शान्तिपूर्ण कार्यक्रम गर्न र स्ववियु निर्वाचनमा सहज रुपले भाग लिने वातावरण सम्बन्धित निकायसंग छलफल गरि निर्माण गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
मागपत्रकाे पूरा पाठ-
श्री क्याम्पस प्रमुख ज्यू
महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ
बिषय : मागपत्र
हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी)
आफ्नो स्थापना कालदेखि नै नेपाली विद्यार्थीको हक, हित र अधिकारको पक्षमा र शैक्षिक विकृति विसंगतिको विरुद्ध संघर्ष गर्दै यहाँसम्म आइपुगेको छ । आज पनि मुलुकको राजनैतिक अस्थिरता,राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, जनजिविकाको सवाल संकतमा परिरहेको छ भने अर्को तिर शिक्षा प्रणाली भित्र तमाम खाले व्यथिती बढेको छ ।कमिसन, व्यापारिकरण, दलालिकरण, निजीकरण , माफियाकरण, भ्रष्टिकरण लगायत लुत-खसोत दिन प्रतिदिन बढ्दै गइरहेको छ ।दुई तिहाइको दम्भ देखाउने कम्युनिस्ट नामधारी सरकार यसको न्यूनीकरण होइन बढवा दिइरहेको छ ।
राष्ट्रिय स्वाधीनता ,सिमा सुरक्षा ,स्वतन्त्रता ,जनाधिकार र जनपक्षीय शिक्षाको एजेन्डा सहित आम विद्यार्थीको बिचमा अगाडि बढ्दै गर्दा वर्तमान राज्यसत्ताले बिचार अभिव्यक्तिको स्वतन्त्रता लाई समेत कुण्ठित गर्दै कुनै राजनीतिक विचारमा सहमत भएकै आधारमा हाम्रो संगठन लाई अघोषित रुपमा प्रतिबन्ध गरेको अवस्था छ भने अर्को तिर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको कुरा उठिरहेको छ । हामीले देशैभरि केन्द्रिय कार्यक्रम अनुसार स्ववियु निर्वाचन हुने क्याम्पस हरुमा संगठनको धारणा प्रष्ट पार्दै सम्बन्धित निकायसंग छलफल गरि संगठन माथी लगाएको अघोषित प्रतिबन्ध हताएर खुल्ला रुपमा शान्तिपुर्ण गतिविधि गर्न ,राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका संगठनका नेता कार्यकर्ता रिहाई , झुट्टा मुद्दा खारेज गरि सहज रुपमा स्ववियु निर्वाचनमा भाग लिन पाउने वातावरण बनाइदिन अनुरोध गर्दै माग पत्र पेस पनि गरेका थियौ । तर उक्त मागलाई व्यवस्था गरिएको छ ।हाम्रो संगठन देश व्यापी स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम,छलफल ,बहस हरुमा सक्रिय रुपमा जुतिरहेको स्थिति छ ।
यसै क्रममा संगठनको माग पूरा गर्नुको सातो सरकार झन झन् दमन ,धरपकड ,गिरफ्तार गरिरहेको छ ।यहि फागुन १ गते संगठनका केन्द्रिय अध्यक्ष क.चिरञ्जीवी ढकाल र फागुन ५ गते संगठनका केन्द्रिय कोषाध्यक्ष क.नरेन्द्र बि क लगायत संगठनका जिम्मेवार कमरेडहरु स्ववियु केन्द्रित छलफल गरिरहेको अबस्थामा काठमाडौको विभिन्न ठाउँ बाट गैरन्यायिक रुपमा गिरफ्तार गरि अभद्र व्यवहार जस्तो झुठो मुद्दा लगाइ राजनैतिक आस्थाको आधारमा बन्दी बनाइरहेको छ ।
अत : गैरन्यायिक गिरफ्तारी रोकि,झुठा मुद्दा खारेज गरि बन्दी जीवन बिताइरहनु भएका संगठनका केन्द्रिय अध्यक्ष क.चिरञ्जीवी ढकाल केन्द्रिय कोषाध्यक्ष क. नरेन्द्र बि क लगायत संगठनका नेता ,कार्यकर्ता ,शुभेच्छुक ,समर्थकहरु सबैलाई बिनासर्त रिहाई गरि शान्तिपूर्ण कार्यक्रम गर्न र स्ववियु निर्वाचनमा सहज रुपले भाग लिने वातावरण सम्बन्धित निकाय संग छलफल गरि निर्माण गरिदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछौं । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु